तीन मुक्तक

यस्तो पनि समय थ्यो जहाँ हामी सँगै हुन्थ्यौ,
एकअर्कोलाई चोट लाग्दा हामीले सँगै रुन्थ्यौ ।
साँच्चै भन्नु पर्दा हजुर उर्वर थिए ती दिनहरु,
दुईटा मुटू एउटा बनाई हजार सपना बुन्थ्यौ ।।१।।

समयको बहावसँगै तिम्रो रहर फेरिएछ,
पराईको बन्यौ तिमी मेरो गला सेरिएछ ।
अतितलाई केलाउँदा भक्कानिए यो मुटू,
छुरा धस्ने हातलाई नै फूलभनि हेरिएछ ।।२।।

घाँइते मनको भावनामा खेली के पायौ,
मायाँगर्ने यो मुटू भीरमा ठेली के पायौ ।
दुनियाँले जे देखेनि यो नजरबाट गि¥यौ,
मुटू छामेर भन्देउ मलाई पेली के पायौ ।।३।।

0 comments

Post a Comment