तीन मुक्तक
सुख फूल्ने शान्ति फल्ने हराभरा पाटो बनुँ,
केही गर्न चाहानेको शिखर जाने बाटो बनुँ ।
मेरो भूमीभन्दा अन्त समाधीनै मन्जुर छैन,
मृत्यु पछि पनि म त यै धर्तीको माटो बनुँ ।।१।।
आउ हामी सबै मिली देशभित्र शान्ति भरौ,
मेची काली सीमाभित्र एकताको वीजन छरौ ।
हिमाल पहाड तराई रहे पो त नेपाल हुन्छ,
तेरो मेरो होईन साथी अब हाम्रो भन्ने गरौ ।।२।।
जलायो कसैले जिउँदै जले यहाँ म,
गलायो कसैले त्यसैले गले यहाँ म ।
फेरि कसैले गोडमेल गर्यो मलाई,
अर्कोजन्म पाए र पो फले यहाँ म ।।३।।
केही गर्न चाहानेको शिखर जाने बाटो बनुँ ।
मेरो भूमीभन्दा अन्त समाधीनै मन्जुर छैन,
मृत्यु पछि पनि म त यै धर्तीको माटो बनुँ ।।१।।
आउ हामी सबै मिली देशभित्र शान्ति भरौ,
मेची काली सीमाभित्र एकताको वीजन छरौ ।
हिमाल पहाड तराई रहे पो त नेपाल हुन्छ,
तेरो मेरो होईन साथी अब हाम्रो भन्ने गरौ ।।२।।
जलायो कसैले जिउँदै जले यहाँ म,
गलायो कसैले त्यसैले गले यहाँ म ।
फेरि कसैले गोडमेल गर्यो मलाई,
अर्कोजन्म पाए र पो फले यहाँ म ।।३।।

0 comments