गजल

सारा खुशी उस्कै हातमा थमाउन सकुँ,
उस्को विश्वास बदलामा कमाउन सकुँ ।

हराभरा पार्छु भन्छिन् मेरो जिन्दगीलाई,
मैले पनि त्यस्को आधार जमाउन सकुँ ।



दोधारे भै पाईला टेके पुगिन्न रे शिखर,
शंकाफाली मायालु हात समाउन सकुँ ।

कमै होलान् मीठो अतित हुने मान्छेहरु,
अतित भूली हामी साथमै रमाउन सकुँ ।।

१३ जून २०१२
दोहा, कतार ।

0 comments

Post a Comment