तीन मुक्तक

खुशी पैँचौ मिल्दैन आफै हाँस्न सिक,
निरासालाई आशा हाली मास्न सिक ।
बेदनाको खेती गर्दै जलि बस्नु भन्दा,
रंगिनपार्न जिन्दगी आफै नाच्न सिक ।।१।।

बहकिन्छ मन भने सीमा तोक्नु पर्छ,
लोभिन्छ नजर भने चाहा रोक्नु पर्छ ।
जिन्दगानी हराभरा बनाई राख्ने भए,
हार्दा पनि आशको भारी बोक्नु पर्छ ।।२।।

कहिँ अस्ताउँछ घाम कहि उदाउँछ,
स्वार्थले मान्छेलाई संसार कुदाउँछ ।
झुटको खेती मौलँदा हाँस्छ मान्छे,
एकदिन खेती भत्केपछि पछुताउँछ ।।३।।

0 comments

Post a Comment