गीत– मनलाई ढाटिएछ
धार्नीसँग बिसौलीको माया साटिएछ,
यात्रैभरि जिन्दगीमा मनलाई ढाटिएछ ।
माया बिना जिन्दगीको अर्थ छैन भन्थे,
उस्को मीठो बोली सुन्न सधै आतुर हुन्थे ।
उस्कै पछि पछि लाग्दा डाँडै काटिएछ,
यात्रैभरि जिन्दगीमा मनलाई ढाटिएछ ।
दुनियाको रीतै अरे लेखि ल्याउनु पर्ने,
उ बाहेक जिन्दगीमा छैन मन पर्ने ।
दोबाटोमा माया फाट्दा आफै फाटिएछ,
यात्रैभरि जिन्दगीमा मनलाई ढाटिएछ ।
१२ जनवरी २०१२
दोहा, कतार ।
यात्रैभरि जिन्दगीमा मनलाई ढाटिएछ ।
माया बिना जिन्दगीको अर्थ छैन भन्थे,
उस्को मीठो बोली सुन्न सधै आतुर हुन्थे ।
उस्कै पछि पछि लाग्दा डाँडै काटिएछ,
यात्रैभरि जिन्दगीमा मनलाई ढाटिएछ ।
दुनियाको रीतै अरे लेखि ल्याउनु पर्ने,
उ बाहेक जिन्दगीमा छैन मन पर्ने ।
दोबाटोमा माया फाट्दा आफै फाटिएछ,
यात्रैभरि जिन्दगीमा मनलाई ढाटिएछ ।
१२ जनवरी २०१२
दोहा, कतार ।

0 comments