तीन मुक्तक
अलिकति पिएँ जिउने बहानामा,
हारे पनि जिएँ पिउने बहानामा ।
मीठा कुरागर्थि साथदिन्छु भन्दै,
मैले दर्द सुम्पे सिउने बहानामा ।।१।।
नखाए’कै विष लाग्छ कलियुगमा,
बन्चरोले घुडो ताक्छ कलियुगमा ।
हत्याहिंसा झाँगिए बुद्धको देशमा,
त्यसैले शान्ति भाग्छ कलियुगमा ।।२।।
कुनै बेला यायावरको पौवा बने म,
कुनै बेला गोठालाको टौवा बने म ।
चाहे जस्तै प्रयोग गरे पूर्ण हुँदाखेरी,
अनि पो त कुहिरोको कौवा बने म ।।३।।
हारे पनि जिएँ पिउने बहानामा ।
मीठा कुरागर्थि साथदिन्छु भन्दै,
मैले दर्द सुम्पे सिउने बहानामा ।।१।।
नखाए’कै विष लाग्छ कलियुगमा,
बन्चरोले घुडो ताक्छ कलियुगमा ।
हत्याहिंसा झाँगिए बुद्धको देशमा,
त्यसैले शान्ति भाग्छ कलियुगमा ।।२।।
कुनै बेला यायावरको पौवा बने म,
कुनै बेला गोठालाको टौवा बने म ।
चाहे जस्तै प्रयोग गरे पूर्ण हुँदाखेरी,
अनि पो त कुहिरोको कौवा बने म ।।३।।

0 comments