गीत– बिज्ने काँडा
गीत– बिज्ने काँडा
कतै माया हाँस्छ बैशालु फूल बनि,
एउटै माया कतै बिज्ने काँडा पनि ।
मनका धनीहरु मुटू जोडि फल्छन्,
मनका गरिवहरु पिरतीमा छल्छन् ।
नहुँदा पो मान्छे कोही मनको धनी,
अनि बन्छ माया बिज्ने काँडा पनि ।
नदेउ जाली माया मुटूहरु जल्छन्,
शिखर पुग्छु भन्ने फेँदितिरै गल्छन् ।
बाँचोस् माया हाम्रो अजम्बरी बनि,
नहोस् माया कतै बिज्ने काँडा पनि ।।
१४ अप्रिल २०१२
दोहा, कतार ।
कतै माया हाँस्छ बैशालु फूल बनि,
एउटै माया कतै बिज्ने काँडा पनि ।
मनका धनीहरु मुटू जोडि फल्छन्,
मनका गरिवहरु पिरतीमा छल्छन् ।
नहुँदा पो मान्छे कोही मनको धनी,
अनि बन्छ माया बिज्ने काँडा पनि ।
नदेउ जाली माया मुटूहरु जल्छन्,
शिखर पुग्छु भन्ने फेँदितिरै गल्छन् ।
बाँचोस् माया हाम्रो अजम्बरी बनि,
नहोस् माया कतै बिज्ने काँडा पनि ।।
१४ अप्रिल २०१२
दोहा, कतार ।

0 comments