गीत– डाँकै छाडि रोई

थाम्नै पर्छ मैले आँसु तिमी पराई हुँदा,
डाँकै छाडि रोई दिन्थे तिमी पाए रुँदा ।

पराई त खुशी होला तिम्लाई पाएँ भन्दै,
मेरो भने सपना दुख्ला रहर जहर बन्दै ।
थाम्नै पर्छ मैले आँसु पराईको भै ज्यूँदा,
डाँकै छाडि रोई दिन्थे तिमी पाए रुँदा ।

तिमीबिना जिन्दगी त जिउँदो लाश बन्छ,
वाध्यताको कैदि म त बाँच्नै पर्ने हुन्छ ।
थाम्नै पर्छ मैले आँसु तिम्रो यादले छुँदा,
डाँकै छाडि रोई दिन्थे तिमी पाए रुँदा ।।

१४ अप्रिल २०१२
दोहा, कतार ।

0 comments

Post a Comment