सातै डाँडा

आउनु पर्ने तिमी थियो यादहरु पो पठाएछौ,
मैले पूज्ने त्यो मुटूलाई सातै डाँडा कटाएछौ ।

हिजो मात्र तिमी मेरी दुःख हर्ने बनेकी’थ्यो,
रावासावा भाकलगरि सँगै जिउने भनेकी’थ्यौ ।
मलाई राम्रो देख्ने नजर तिमीबाटै हटाएछौ,
मैले पूज्ने त्यो मुटूलाई सातै डाँडा कटाएछौ ।

तिमी थियौ मेरो मुस्कान तिमी बिना के हाँसुला,
तिम्रो यादमा मुटू मिच्दै कतिदिन पो म बाँचुला ।
तिमीनै’थ्यौ मेरो संसार अन्तै बाटो तताएछौ,
मैले पूज्ने त्यो मुटूलाई सातै डाँडा कटाएछौ ।।

२३ मंसिर २०६८
काठमाडौं ।

0 comments

Post a Comment