गजल

बजेटैले नधान्ने छ खर्च जलपानको,
सदनमै युद्धचल्छ कुर्सि तानातानको ।

चुनावमा जनतासामु भूले भनेजति,
हाली मुहाली भो देशमा हनुमानको ।

दिन–दिनै बढि रा’छ रिण जनतामा,
भूडिभरे नेतालेनै आ’को अनुदानको ।

मेचीकाली धावाबोल नेता बिरुद्धमा,
हाम्ले शूरु गर्नैपर्छ मुंग्रे अभियानको ।।

०८ जनवरी २०१२
दोहा, कतार ।

0 comments

Post a Comment