तीन मुक्तक

सति श्राप पर्‍याछ भन्थे बुढापाकाले, देशै खोक्रो पारेर खाए नेता डाकाले ।
यो चलन हामीले रोक्नै पर्छ अब त,
अन्तिम युद्ध लडौ है परदेश आकाले ।।१।।

बनमा फूल्यो लाली गुराँस बनै रमाईलो,
हिमाल हाँस्छ मयुर नाच्छ झनै रमाईलो ।
नागबेलीभै बन्छ नदि हिमाल तराईसम्म,
प्रकृतिको पुजा गर्ने नेपाली मनै रमाईलो ।।२।।

देश खाने घुनलाई हाम्ले मास्नु पर्छ साथी,
तेरोमेरो घमण्डलाई अब छाँस्नु पर्छ साथी ।
नेपालीले नेपालीभै बाँच्न पाउँनु पर्छ यहाँ,
अस्तित्वको रक्षागर्न अब बास्नु पर्छ साथी ।।३।।

0 comments

Post a Comment