तीन मुक्तक
अनिकाल भो विश्वासको स्वार्थी शहरमा,
आँधी तुफान औधी आउँछ पापी रहरमा ।
छेक्दा छेक्दै थाकि सके विश्राम लिनुपर्ला,
जिन्दगीलाई साटौ क्या हो म त जहरमा ।।१।।
तिम्रो योग्य बन्छु भन्दै जिन्दगीलाई दाएँ,
भ्रमको खेती गर्या रै’छु बल्ल थाहा पाएँ ।
चर्मचक्क्षु दोषी थियो आकाश मेरो देख्नु,
आकाश धर्ती एकै ठानी मैले माया लाएँ ।।२।।
भावुक मान्छे मान्छे होईन भन्ने पनि भेटे,
आफै झाँक्री आफै बोक्सी बन्ने पनि भेटे ।
बाँच्नुमात्र पर्दो रै’छ राम लिला देख्नलाई,
अरुसबै सुकी आफु मोहोर गन्ने पनि भेटे ।।३।।

0 comments