तीन तान्काहरु

व्यस्त शहर
हजारौ मान्छे बिच
एउटा मान्छे
मुटूको कैदी भा'छ
जन्म कैद हाल्दिन्छु ।।१।।

तिमी नदि हौ
म हुँ प्यासी बटुवा
भाग्न खोजे’नि
तिमीलाई खोज्दै म
तिम्रै बस्ति धाउछु ।।२।।

आशाको दियो
मुटूभरि जलाई
कुरेर बस्छु
तिमी आउँने बाटो
छिट्टै फकेर आउ ।।३।।

0 comments

Post a Comment