लगे हुन्थ्यो
नाता तोडि जानेले’त, सम्झना‘नि लगे हुन्थ्यो,
हिजो सम्झि रुने मन, पानी जस्तै बगे हुन्थ्यो ।
बेश हुन्थ्यो नभेटे’कै, भेटे पछि छुट्नु भन्दा,
नाता राम्रो नजोडेकै, जोडे पछि टुट्नु भन्दा ।
साथ छोडि जाने बेला, मन पनि लगे हुन्थ्यो,

भीरबाट खसे मत, नाता तोडी गयो सुन्दा,
दुखेन’कि उस्को मन, छल्नलाई जाल बुन्दा ।
आधा पील्टो पार्नु भन्दा, प्राणै हरि लगे हुन्थ्यो,
हिजो सम्झि रुने मन, पानी जस्तै बगे हुन्थ्यो ।।
रचनाकाल : २६ दिसेम्वर २०१०
दोहा, कतार ।

0 comments