तीन मुक्तक

तिम्रो ओठमा मुस्कान देख्न सधै हतार लाग्छ,
तिम्ले थोरै मुस्कुराउँदा सारा पीडा पर भाग्छ ।
तिम्रैलागि यो ज्यान पनि बलिदान दिन सक्छु,
कस्तो प्रिय विडम्वना ! त्यो मनले अरु माग्छ ।।१।।

भोलि खुशी मिल्ला भन्दै जिन्दगीलाई दाए,
जिन्दगीका हरेक मोडमा खान हन्डर खाए ।
बिना स्वार्थ यो धर्तीमा कोहि छैनन् बाँच्ने,
स्वार्थीसँग मुटू साटे आखिरीमा धोका पाँए ।।२।।


मायालुले मायाकै पो खुशी छिन्छ यहाँ,
जालीमनले पिरतीमा धोका दिन्छ यहाँ ।
फूलको आँखा सबैलाई फूलैमात्र देख्छ,
रुपै हेर्दा बैमानीलाई कस्ले चिन्छ यहाँ ।।३।।

0 comments

Post a Comment