तीन तान्काहरु
भोगाईभित्र
दुखेको छ जिन्दगी
अनि र पो त
बहार आउँदा नि
हाँस्न पनि सकिन ।।१।।
कुहिरो ओढी
शून्यताभित्र लुक्दै
लेकाली बस्ति
पुष माघ पछार्न
सूर्यको पखाईमा ।।२।।
संकल्प बिना
यात्रा कठिन हुन्छ
संकल्प गर्नु
फूलको आँखा हेरी
सार्थक हुन्छ जूनी ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments