गजल

तिमी भयौ भूमिगतै झुकेकोछ खुशी मेरो,
एकान्तमा रुन्छु भन्दै लुकेकोछ खुशी मेरो ।

एकै झूल्को देखेभने पाखुरीमा बल जम्छ,
नपाउँदामा देख्नलाई चुकेकोछ खुशी मेरो ।

समिपमा भयौभने बेचैनीमा ताला लाग्छ,
अनायासै टाढा भयौ फुकेकोछ खुशी मेरो ।



मायाँगर्ने मान्छेसँग ओझेलमा बस्नु हुन्न,
लुकि बस्यौ पर्दाभित्र सुकेकोछ खुशी मेरो ।

जति टाढा पुगेपनि मेरै लागि फर्क तिमी,
अस्तिदेखि तिम्रै बाटो ढुकेकोछ खुशी मेरो ।।

रचनाकाल : २२ मार्च २०११
दोहा, कतार ।

0 comments

Post a Comment