तीन मुक्तक

आँसु भेल उर्लेको छ छातीभरि चोट पर्दा,
आफू भित्र आफै टुटे मायालुले डेरा सर्दा ।
अति कठिन हुँदो रै’छ शिखरमा पुग्नलाई,
सपनाहरु पराजितभै अनायासै गल्दै मर्दा ।।१।।

निस्वार्थ सर्मपणले तिम्रो धेरै भर लाग्छ,
दोधारे बन्छौ र पो फेरि थोरै डर लाग्छ ।
आउ आज वाचा गरौ जूनीभरि सँगै हुने,
दुई मुटूको मिलनमा पीडाहरु पर लाग्छ ।।२।।


तिम्ले घात गरिहाल्यौ अन्तै गुहार माग्नु पर्ला,
तिमी बस्ने शहर छाडि अन्त कतै भाग्नु पर्ला ।
देउरालीमा सँगैबसि खा’को कसम तोडि गयौ,
मैले पनि कसम तोडी सीमा रेखा नाघ्नु पर्ला ।।३।।

0 comments

Post a Comment