गजल
देउरालीमा पर्खिबस मायाँ बोकि आउँला,
तिम्रोलागि शिखरको यात्रा रोकि आउँला ।
भगाईलान्न मेलाबाट आउँछु पोङ्ग हाल्न,
मनजित्न सिष्टाचारी पाठ घोकी आउँला ।
बाबाआमा खुशी पारी तिम्रो हात माग्न,
शुभदिनकै शुभघडि मिती तोकि आउँला ।
घरमा कुरा मिले पछि साईत हेर्छु काली,
हाम्रो बाचा पुरागर्न बाजा ठोकी आउँला ।।
रचनाकाल : ०९ अप्रिल २०११
दोहा, कतार ।
तिम्रोलागि शिखरको यात्रा रोकि आउँला ।
भगाईलान्न मेलाबाट आउँछु पोङ्ग हाल्न,
मनजित्न सिष्टाचारी पाठ घोकी आउँला ।
बाबाआमा खुशी पारी तिम्रो हात माग्न,
शुभदिनकै शुभघडि मिती तोकि आउँला ।
घरमा कुरा मिले पछि साईत हेर्छु काली,
हाम्रो बाचा पुरागर्न बाजा ठोकी आउँला ।।
रचनाकाल : ०९ अप्रिल २०११
दोहा, कतार ।

0 comments