नाता छुटेपछि
छुरा धस्यौ मुटूमाथि, खुशी लुटेपछि,
किन आयौ यादबनि, नाता छुटेपछि ।
सारा खुशी दिदापनि, धोका दियौ फेरी,
दुख्छ छाती अझैपनि, तिम्रो घात हेरी ।
कहाँ सक्छ जोड्नलाई, दिलै टुटेपछि,
किन आयौ यादबनि, नाता छुटेपछि ।
दुखेन’कि तिम्रो मन, मेरो गला रेट्दा,
छल ग¥यौ यात्राभरि, जाली मन भेट्दा ।
नसोचेको हुँदो रै’छ, भाग्य फूटेपछि,
किन आयौ यादबनि, नाता छुटेपछि ।
छुरा धस्यौ मुटूमाथि, खुशी लुटेपछि,
किन आयौ यादबनि, नाता छुटेपछि ।।
रचनाकाल : १२ दिसेम्वर २०१०
दोहा, कतार ।
किन आयौ यादबनि, नाता छुटेपछि ।
सारा खुशी दिदापनि, धोका दियौ फेरी,
दुख्छ छाती अझैपनि, तिम्रो घात हेरी ।
कहाँ सक्छ जोड्नलाई, दिलै टुटेपछि,
किन आयौ यादबनि, नाता छुटेपछि ।
दुखेन’कि तिम्रो मन, मेरो गला रेट्दा,
छल ग¥यौ यात्राभरि, जाली मन भेट्दा ।
नसोचेको हुँदो रै’छ, भाग्य फूटेपछि,
किन आयौ यादबनि, नाता छुटेपछि ।
छुरा धस्यौ मुटूमाथि, खुशी लुटेपछि,
किन आयौ यादबनि, नाता छुटेपछि ।।
रचनाकाल : १२ दिसेम्वर २०१०
दोहा, कतार ।

0 comments