भित्र छाति जले पनि
साहाराको लौरो तिमी आफै भाँचि गयौ,
भित्री छाती जलाएर हाँसी हाँसी गयौ ।
छल गरेर दैवले’नि दियौ चोटै चोट,
आँखा हुने अन्धा बने देखे मेरै खोट ।
दुनियाले थुके पनि तिमी हाँसी रह्यौ,
भित्री छाती जलाएर हाँसी हाँसी गयौ ।
विश्वासमाथि पर्दा हाल्ने रै’छौ तिमी जाली,
आँसु भित्र डुबाएर गयौ बजाई ताली ।
ताल बन्दा मेरो आँसु तिमी नाची रह्यौ,
भित्री छाती जलाएर हाँसी हाँसी गयौ ।।
११ नोभेम्वर २०११
काठमाडौं ।
भित्री छाती जलाएर हाँसी हाँसी गयौ ।
छल गरेर दैवले’नि दियौ चोटै चोट,
आँखा हुने अन्धा बने देखे मेरै खोट ।
दुनियाले थुके पनि तिमी हाँसी रह्यौ,
भित्री छाती जलाएर हाँसी हाँसी गयौ ।
विश्वासमाथि पर्दा हाल्ने रै’छौ तिमी जाली,
आँसु भित्र डुबाएर गयौ बजाई ताली ।
ताल बन्दा मेरो आँसु तिमी नाची रह्यौ,
भित्री छाती जलाएर हाँसी हाँसी गयौ ।।
११ नोभेम्वर २०११
काठमाडौं ।

0 comments