गजल

हिमालबाट पहाडहुँदै तराई झर्ने मनछ,
दुई दिनको जिन्दगीमा केही गर्ने मनछ ।

मेचीकाली सीमाभित्र हत्या हिँसा देख्दा,
हत्या हिंसा निमोठेरै शान्ति छर्ने मनछ ।

खडेरीले खायो सुन्छु मेरो देशको पाखा,
सयौ थरि वृक्षा रोपी बहार भर्ने मनछ ।


साँझबिहान बस्तिभरि चुल्हो जल्नु पर्छ,
दीनदुखीकै गाँसबनेर अभाव हर्ने मनछ ।

कमाउने लोभमा परि पराई देशमा पसे,
लोभी आँखा बन्दगरि देशमै सर्ने मनछ ।

सारा संसार डुले घुमे प्यारो मेरै माटो,
जन्मिएकै माटोमाथि मलाई मर्ने मनछ ।।

रचनाकाल : २२ भदौ २०६ड
दोहा, कतार ।

0 comments

Post a Comment