सपना देखे एउटा
तिमी नै हौ यो धर्तीमा मैले पूज्ने देउता,
मनमन्दिरमा सजाउने सपना देखे एउटा ।
जीवनदेखि भाग्दै थिए रोक्न तिमी आयौ,
उजाड मेरो जिन्दगीमा बहार बनि छायौ ।
जस्ले नयाँ जीवन दियो उहि मेरो देउता,
मनमन्दिरमा सजाउने सपना देखे एउटा ।
ममताको दियो बाली बाटो देखाई दियौ,
आफ्नै सम्झि मेरो पीडा आँसुसँगै पियौ ।
बिना स्वार्थ मायागर्ने मान्छे तिमी देउता,
मनमन्दिरमा सजाउने सपना देखे एउटा ।।
रचनाकाल १ भदौ २०६८
दोहा, कतार ।
मनमन्दिरमा सजाउने सपना देखे एउटा ।
जीवनदेखि भाग्दै थिए रोक्न तिमी आयौ,
उजाड मेरो जिन्दगीमा बहार बनि छायौ ।
जस्ले नयाँ जीवन दियो उहि मेरो देउता,
मनमन्दिरमा सजाउने सपना देखे एउटा ।
ममताको दियो बाली बाटो देखाई दियौ,
आफ्नै सम्झि मेरो पीडा आँसुसँगै पियौ ।
बिना स्वार्थ मायागर्ने मान्छे तिमी देउता,
मनमन्दिरमा सजाउने सपना देखे एउटा ।।
रचनाकाल १ भदौ २०६८
दोहा, कतार ।

0 comments