जिन्दगीको घुन बिन

तिमी आयौ कालरात्रीमा, पूर्णिमाको जून बनि,
किन खायौ मेरा सपना, जिन्दगीको घुन बनि ।

मेरो मायाँ जूनी भरको, हजुरकै लागि भन्थ्यौ,
साथ दिन हजुरलाई, आफन्तनै त्यागे भन्थ्यौ ।
पार्नलाई मायाँजालमा, तिमी आयौ सुन बनि,
किन खायौ मेरा सपना, जिन्दगीको घुन बनि ।

कहाँगए बाचाकसम, किन हिड्ने बाटै मोड्यौ,
थियो नाता नङ्गमासुको, सबैभूली नातै तोड्यौ ।
थाँती बस्यो तिम्रो बचन, मुटू खाने धून बनि ,
किन खायौ मेरो सपना, जिन्दगीको घुन बनि ॥

रचनाकाल : १४ पौष २०६७
दोहा, कतार ।

0 comments

Post a Comment