दुई मुक्तक

सोचे जस्तो जिन्दगी, हुन्न रै छ सानु,
तिमीलाई खोज्ने मन, कसरी म बानु ।
किन जल्छ छाती यो, सम्झिएर हिजो,
एकान्तमा त्यो बेला, लाग्छ बिषै तानु ॥

****************************

चर्किएर मेरो छाती, टुक्रा टुक्रा भयो,
रेख देख गर्ने माली, आज कता गयो ।
नियतीले सपनामा, ठूलो घात गर् यो,
आकाश छुने चाहाना, अधुरै पो भयो ॥

0 comments

Post a Comment