मेरो पुकार सुन्यौ

हजारौको भिडमा, तिम्ले मलाई चुन्यौ,
महान हो त्यो दिल, मेरो पुकार सुन्यौ ।

दुख्ने छैन अब म, दुख्ने दिन त गए,
अरु केही चाहिन्न, तिमी साथमा भए ।
खुशी राख्न मलाई, आफ्नै रहर थुन्यौ,
महान हो त्यो दिल, मेरो पुकार सुन्यौ ।

दुखियाको बस्तिमा, तिम्रो पाईला पर्‍यो,
आफै सोचि हेर त, पीडा बसाई सर्‍यो ।
मास्नलाई वेदना, चोखो ममता बुन्यौ,
महान हो त्यो दिल, मेरो पुकार सुन्यौ ।

रचनाकाल १३ अक्टोवर २०१०
दोहा कतार ।

0 comments

Post a Comment