आधी बाटो
खोट रै'छ दिलमा, धेरै मायाँ गरिन्,
आधी बाटो नपुग्दै, उनीपछि सरिन् ।
न्यानो मेरो साथले, विजाउन थाल्दा,
दुखेको छ यो मुटू, उस्ले मन टाल्दा ।
हतास भए म त, मेरा आस्था ढल्दा,
विश्वासहरु तोडी, मेरो आँखा छल्दा ।
लेकतिर जानुथ्यो, उनी बेशी झरिन्,
आधी बाटो नपुग्दै, उनीपछि सरिन् ।
सँगै जीउने मर्ने, बाचा टुट्यो आज,
विना घाउले दुख्छ, पीडा भयो ताज,
कुरा काट्ने बाटोभो, जोरीबैरी माझ,
आँसु झर्छ यादमा, विरही भो साँझ ।
मेरै दोष हो भन्दै, उनी पारि तरिन्,
आधी बाटो नपुग्दै, उनीपछि सरिन् ॥
रचनाकाल ०६ अक्टोवर २०१०
दोहा कतार ।


0 comments