हाईकु
१
हरियो वन
नेपालको धन हो
एउटा कथा ।
२
उकाली बाटो
तिम्रो यादमा मैले
सजिलै काटे ।
३
स्विकृती पाँए
तिम्रो दिलमा बस्ने
फर्केर जान्न ।
४
तुफान आयो
अटल विश्वासमा
दुख्नै पर्यो नि ।
५
बाँझो मनमा
पि्रत फूल्दैन साथी
रोप्नु मुर्खता ।
६
फाटेको मुटू
सिउदैछु अचेल
तिम्रो मायाँले ।
७
घुमन्ते मन
सगरमाथा पुग्यो
ज्यान बेशीमा ।
८
झुटो सपना
बाँडेर के फाईदा
भालि मर्नु छ ।
९
झर्दो बैशमा
सपनाको सुमेरु
कसरी थामु ।
१०
कालजयी हो
हामी विचको नाता
विश्वास गरे ।
११
बादल रुदा
तिमीलाई सम्झिए
तिमी दुख्यौ कि ।

0 comments