गेडी

१)
कति थिए सपना, जिन्दगीले देखेको,
भोग्नै पर्दो रहेछ, निधारैमा लेखेको ।
रुदैमा,
पीडा जान्न, हाम्ले धुदैमा ।
२)
किन भार बन्दैछ, आज मेरो जिन्दगी,
धन पछि लाग्नाले, रहर भो बन्दगी ।
हारेछु,
आफ्नै खुशी, बन्दी पारेछु ।
३)
विश्वासथ्यो मायाँमा, परेछु म घातमा,
किन दिए जिन्दगी, बैमानीको हातमा ।
सुक्दैछु,
बिना घाउ, आज दुख्दैछु ।
४)
लुटी हाल्यौ तिमीले, सोझोलाई पाएर,
अजम्वरी बन्यौ खै, मेरो खुशी खाएर ।
झर्नुछ,
तिम्लेपनि, भोली मर्नुछ ।
५)
जितेकै हो हिजो त, आज हारे मायाँमा,
फूल्ने आश मारेर, मन पारे छायाँमा ।
थाक्या छु,
स्वर्ग जान, काल डाक्या छु ।

0 comments

Post a Comment