मेरो भूल भो

तिमीलाई मायाँ गरे, त्यहि मेरो भूल भो,
विश्वासले खुशी सारे, मुटू चिर्ने शूल भो ।

तिमी गयौ तिमीसँगै, मुस्कान बैता लागे,
केही गर्छु भन्ने जोश, मलाई छाडी भागे ।
तिम्रोलागि मैले हारे, त्यहि मेरो भूल भो,
विश्वासले खुशी सारे, मुटू चिर्ने शूल भो ।

यति ठुलो संसारमा, मलाई किन चुन्यौ,
जानु थियो शिखरमा, बिच बाटैमा थुन्यौ ।
तिम्रैलागि बेशी झरे, त्यहि मेरो भूल भो,
विश्वासले खुशी सारे, मुटू चिर्ने शूल भो ॥

रचनाकाल : २१ सेप्टेम्वर २०१०
दोहा कतार ।


0 comments

Post a Comment