गेडी

१)
मेरी प्यारी सजना, आउ बस दिलैमा,
तिम्रो साथ पाएमा, फुल्न सक्छु हिलैमा ।
साँचोछ,
भानुलाई तिम्रै खाचोछ ।
२)
रुख चढे लडिन्छ, डराउनु हुन्न है,
जोश पाले मनमा, काँडाले नि छुन्न है ।
गन्नेको,
जीत हुन्छ जीत्छु भन्नेको ।
३)
रमाउन साथैमा, सारा खुशी साँचौला,
मनैभरि तिमी छौ, तिम्रैलागि बाँचौला ।
साटौला,
दुःख सुख साथै काटौला ।
४)
हिजो भूल गरेछु, स्वार्थी मन चुनेर,
धेरे गरे विश्वास, भागि छुरा उनेर ।
तालिले,
लुटि खुशी पापी जालीले ।
५)
जिन्दगीको मोडमा, तिमीलाई भेटाए,
तिम्रै न्यानो साथले, पीडालाई मेटाए ।
लिनु है,
जूनीभरि साथ दिनु है ।

0 comments

Post a Comment