बुन्छ क्यारे

कसैको त मुटूपनि, पत्थरकै हुन्छ क्यारे,
गर्वैदेखि छल्छुभनि, महाजाल बुन्छ क्यारे ।

मायाँ गर्ने बहानामा, हजार सपना बाँडी,
छाडिदिन्छ दोबाटोमा, जीउने रहर फाँडि ।
कसरी म छुलु भन्दै, मन मनै गुन्छ क्यारे,
गर्वैदेखि छल्छुभनि, महाजाल बुन्छ क्यारे ।

आज जति लुटेपनि, भोलि सबै तिर्नुपर्छ,
मर्दा लाने केहीछैन, खालि हातै फिर्नुपर्छ ।
मरेपनि लान्छु भन्ने, घमण्डनै तुन्छ क्यारे
गर्वैदेखि छल्छुभनि, महाजाल बुन्छ क्यारे ॥

रचनाकाल २३ सेप्टेम्वर २०१०
दोहा कतार ।

0 comments

Post a Comment