गेडी
पत्थर हो सम्झेर, लातै लात हान्यौ नि,
सारा खुशी लुटेर सुख्खा पात ठान्यौ नि ।
अल्झेछ,
पुरानो त्यो घाउ बल्झेछ ।
घात गर्यो मलाई, जिन्दगीले यसरी,
खुशी सारा जलाई, मुस्कुराउ कसरी ।
रुने हो,
आँसुले नै पीडा धुने हो ।
नाचेकोछ मुनाल, हाँसेकोछ हिमाल,
सम्पदाको धनी भै, बाँचेकोछ नेपाल ।
देशमा,
गर्व गरौ भाषा भेषमा ।
तिम्रै मीठो बोलीले, मेरो पीडा भगायो,
न्यानो दिगो साथले, खुशी चुम्न लगायो ।
चुनेछु
सयौ जूनी तिम्रै, हुनेछु ।

0 comments