गेडी
तिम्रो मेरो साईनो, बैरी हाँस्ने कथा भो,
चोखै थियो मायाँ त, मुटू खाने ब्यथा भो ।
तोडेर,
तिमी भाग्यौ मुख मोडेर ।
****************************
तिमी विना एक्लै म, सक्दिन है जिउनु,
मन फाटे मिल्दैन, कपडा झै सिउनु ।
नछोड,
चोखो मायाँ विम्ती नतोड ।
****************************
परदेशी मनैमा, याद आयो गाँउको,
फेरियो कि मुहार, म जन्मेको ठाँउको ।
मनैमा,
लुकामारी खेल्थ्यौ बनैमा ।
****************************
प्रियसीको मुहार, आँखैभरि धाउछ,
सकिएन बिर्सन, सधै याद आउछ ।
आउन,
मिलनको गीत गाउन ।

0 comments