घमण्डले मान्छे कहाँ

सहन्शील मान्छे सधै खुल्न सक्छ,
घमण्डले मान्छे कहाँ फुल्न सक्छ ?

आफु बाँच्न अरु अचानो नबनोस्
अरु दुख्दा हाँस्नेको मनै नफुलोस्
अचानोले चोट कहाँ भूल्न सक्छ ?
घमण्डले मान्छे कहाँ फुल्न सक्छ ?

मान्छेको मन फुलझै कोमल होस्
दुनिया नियाल्ने फुलकै आँखा होस्
अनि पो धर्तीमा मायाँ डुल्न सक्छ
घमण्डले मान्छे कहाँ फुल्न सक्छ ?

रचनाकाल : ८ सेप्टेम्वर २०१०
दोहा कतार ।

0 comments

Post a Comment