गजल
तिम्रो सामिप्य किन किन, धेरै खास लाग्छ,
बाँकि दुनियाँ सत्य होला, बक बास लाग्छ ।
बस्न पाँउदा तिम्रो छेउ, पीडा भूल्न सक्छु,
तिम्रो मुहार दर्शन् गर्दा, खुशी रास लाग्छ ।
आफ्नै जीवन बोझ हुने, झेले घाम पानी,
हाम्रो भेटमा त्यहि यात्रा, मधु मास लाग्छ ।
आँधी तुफान आए पनि, नाता टुट्नु हुन्न,
तिम्रै साथमा खुशी देखे, तिम्रै आश लाग्छ ॥
रचनाकाल : १२ भदौ २०६७
दोहा कतार ।

0 comments