गजल
मेरै भागमा किन पर्छ, नियतीका मारहरु,
कति सहनु अचानो झै, खुकुरीका धारहरु ।
खुशी फुलाउ भन्दै मैले, परिश्रम गर्दापनि,
यहि जीवन पाटो भरि, पले गन्धे झारहरु ।
कुन पाईला राखे मैले, विपतीका रासतिर,
भयो कसरी लथालिङ्ग, खुशी छेक्ने बारहरु ।
गिद्धे नजर हेर्छन यतै, समाजमा त्यसैपनि,
जित्ने मानब जमातमा, पाँए मैले हारहरु ।
हरि विजोग हुँदा मेरो, आफन्तले हेर्नु पर्ने,
उल्टै मलाई आफन्तले, बन्द गरे प्यारहरु ॥
रचनाकाल : १५ भदौ २०६७
दोहा कतार ।
कति सहनु अचानो झै, खुकुरीका धारहरु ।
खुशी फुलाउ भन्दै मैले, परिश्रम गर्दापनि,
यहि जीवन पाटो भरि, पले गन्धे झारहरु ।
कुन पाईला राखे मैले, विपतीका रासतिर,
भयो कसरी लथालिङ्ग, खुशी छेक्ने बारहरु ।
गिद्धे नजर हेर्छन यतै, समाजमा त्यसैपनि,
जित्ने मानब जमातमा, पाँए मैले हारहरु ।
हरि विजोग हुँदा मेरो, आफन्तले हेर्नु पर्ने,
उल्टै मलाई आफन्तले, बन्द गरे प्यारहरु ॥
रचनाकाल : १५ भदौ २०६७
दोहा कतार ।


0 comments