• मुख्य पृष्ठ
  • अतिथी कलम
  • आलेख
  • कथा
  • कविता
  • गजल
  • गीत
  • गेडी
  • तान्का
  • मनका कुरा
  • दैनिकी
  • सस्मरण
  • हाईकु
कोही हुन्न बरै भन्ने, पीडाभरी जलि बस्दा,
हुन्न यहाँ हात दिने, अभावमा ढली बस्दा ।

पराईको छाडौ कुरा, आफन्तले ठग्छ यहाँ,
शिखरमा पाउ राखी, पूर्णश्रीभै फली बस्दा ।

नुन चुक छर्कि दिने, दानि भेटे कति कति,
मुटू भरि चोट लागि, बेदनाले गली बस्दा ।

नियतीले घात गर् यो, मुटूभरि चोट हाली,
रित्तीसके आज आफै, मनलाई छली बस्दा ॥

रचनाकाल : १५ भदौ २०६७
दोहा कतार ।

मलाई दुख्दा आँसु, झार्नेको खोजीमा छु,
सुनामी पस्दा पारी, तार्नेको खोजीमा छु ।

घमन्ड गर्छन् आँखा, आफैले जित्नु भन्दै,
ल तिमी जित भन्दै, हार्नेको खोजीमा छु ।

मान्छेको पापी मन, भड्किन्छ कुनै बेला,
भड्किदा मेरो दिल, बार्नेको खोजीमा छु ।

बन्जर बन्यो छाती, फूल्दैनन् यता मायाँ,
ममता राखी मायाँ, सार्नेको खोजीमा छु ।

तड्पिन्छ खुशी आफै, सपना सस्तो हुँदा,
संसारै भूल्दै आशा, खार्नेको खोजीमा छु ।

गलत बाटो हिड्दा, सत्मार्ग छानी तान्दै,
स्वर्णिम मेरो आत्मा, पार्नेको खोजीमा छु ॥

रचनाकाल : १० भदौ २०६७
दोहा कतार ।
धरती आकाश जस्तै, टाढा भयो दुरी,
हाम्रो नाता उडाउदै, कता गयो हुरी ।

सँगै जीउने सपना, कति थिए कति,
सबै आज खरानी भो, खुशी भए जति ।
नियतीले छल गर्दै, किन हान्यो छुरी,
हाम्रो नाता उडाउदै, कता गयो हुरी ।

आफ्नै मनलाई छल्दै, गाह्रो भयो बाँच्न,
मुटूमाथि ढुङ्गा राख्दै, गाह्रो भयो हाँस्न ।
लक्ष्य एक हुँदाहुदै, किन बढ्यो दुरी,
हाम्रो नाता उडाउदै, कता गयो हुरी ॥

रचनाकाल २४ अगस्त २०१०
दोहा कतार ।

मन र जीवनको अैचो पैचो नचल्दा
विस्थापित हुन पुगे जीवनसँग मन
खै ! किन हो कुन्नि हिजो आज
जीवन भोगाईसँग असन्तुस्ट छ मन
आफ्नै जीवनसँग रडाको मच्चाउछ
आँधि हुरीसँग मितेरी लगाउदै……।
आफ्नै घरमा भुइचालो ल्याउछु भन्छ
हो……! हजुर ! मेरो आफ्नै मन आज
जीवनको भोगाईसँग युद्धघोस गर्दैछ ।

हिजो जीवनसँगको सहयात्रामा…!
भए गरेका गल्तिहरुको भागिदार
जीवनमात्र हुनुपर्ने वकालत गर्दैछ ।
बन्जर जीवनका पाटोहरुमा……!
नयाँ आशा रोप्न खोज्यो जीवनले
तर खै मन किन मात्तिएर
जीवनसँग पाखुरी निमोठ्न व्यस्त
उफ ! हैरान छ मेरो जीवन आज
हो……! हजुर ! मेरो आफ्नै मन आज
जीवनको भोगाईसँग युद्धघोस गर्दैछ ।

सपनाको विस्कुन लगाउदै गर्दा
चाहानाको बाढी उराल्छ यो मन
हैसियत भन्दा धेरै ठुलो सपनाहरु
किन मनभरि सजाउछ यो मन ।
अभाबको दलदलमा फसेको छ जीवन
मन भने खुला आकाशमा उडौ भन्छ
मन र जीवनको तालमेल नहुँदा
विद्रोह गरि रहेछ जीवनसँग मन ।
मनका विद्रोही स्वर मत्थर बनाउन
कयौ पल्ट शकुनी चाल नचलेको हैन
तर मेरो मन पाण्डव बन्न सकेन
उल्टै पराजयको सगरमाथा थमाउदै
हो……! हजुर ! मेरो आफ्नै मन आज
जीवनको भोगाईसँग युद्धघोस गर्दैछ ॥

रचनाकाल १९ अगस्त २०१०
दोहा कतार ।
दुःख लाग्छ अचेल देशको, खबर सुन्दा साथी
खति भयो भन्छनि मनले, हिसाब गुन्दा साथी

सोच्या थिए मैले त, नेपाल सुन्दर बन्छ पक्का
सोच्नु रै छ बेकार, गलत सारथी चुन्दा साथी

कुरा कति मीठोथ्यो, देशको विकाश गर्छ लाग्यो
फाल्न पथ्र्यो त्योबेला, असल खराब तुन्दा साथी

हाना थाप अति भो, संग्राम चल्दैछ कुर्चि माथि
हामी अब जागौन, ठिकैहो यो जाल बुन्दा साथी

उठौ अब आ-आफै, देशको खातिर भाला बोकौ
पक्कै पाप लाग्दैन, नेताज्यू भालाले उन्दा साथी ॥

रचनाकाल : २१ साउन २०६७
दोहा कतार ।

सिमलको भूवा जस्तो, हल्का भयो मायाँ,
टुट्यो हाम्रो नातापनि, टाढा भयो छायाँ ।

बेहाल भयो जिन्दगी, खुशी अन्तै सर्‍यो,
अनायसै अश्रु दाना, छाती हुदै झर्‍यो ।
हाँस्न खोजे रुवाउने, पीडा भयो मायाँ,
टुट्यो हाम्रो नातापनि, टाढा भयो छायाँ ।

च्यात्यौ मेरो मनलाई, अब कस्ले टाल्छ,
सम्झिएर हाम्रो नाता, मुटू दुख्न थाल्छ ।
मुटू भित्र विजाउने, काँडा भयो मायाँ,
टुट्यो हाम्रो नातापनि, टाढा भयो छायाँ ।

रचनाकाल : १७ अगस्त २०१०
दोहा कतार ।

चोट खाएर ढल्न लाग्दा, हात समाउने तिमी,
बेहोस भै ढल्न लाग्दा, सुमसुम्याउने तिमी ।

तिमी बाहेक कोही छैन, धरतीमा मेरो भन्ने,
तिम्रै एउटा मन त हो, मलाई मान्छे गन्ने ।
ओइलिएर झर्न लाग्दा, मलजल गर्ने तिमी
बेहोस भै ढल्न लाग्दा, सुमसुम्याउने तिमी ।

यति धेरै गुण लगायौ, देउता सम्झि पुज्छु,
अझै दानी बन्छौ भने, तिम्रो साथ माग्छु ।
जीवन देखि हार मान्दा, साहास भर्ने तिमी,
बेहोस भै ढल्न लाग्दा, सुमसुम्याउने तिमी ॥

रचनाकाल १४ अगस्त २०१०
दोहा कतार ।

मेरो मायाँ बेकार लाग्यो, पराई साथ पाए पछि,
देखे जति सपना टुट्यो, कसम झुटो खाए पछि ।

जता ततै यौवन पोख्यौ, हजार थिए लुट्ने बेला,
थाहा थियो पाउछौ दुःख, गलत बाटो धाए पछि ।

मायाँ किन फेसन ठान्छौ, जवानी दुई दिन मात्र,
अब कस्ले मनमा राख्छ, मलाई जस्तै दाए पछि ।

घात गर् यौ मलाई जब, धिकार भन्छु तिम्रो मति,
भूल थियो विश्वास गर्नु, आरोप उल्टै लाए पछि ।

जति सक्छौ कोशिस गर, घरमा खुशी हुन्न तिम्रो,
ढल्छ बस्ति बर्षात विना, घातले छानो छाए पछि ॥

रचनाकाल : २४ साउन २०६७
दोहा कतार ।
जिन्दगीको मोडहरुमा थरि थरिका मान्छेहरु सँग सहयात्रा गर्नु पर्दो रहेछ । मैले त हरेक मोडमा मलाई लुट्न खोज्नेहरु मात्र पो भेटे ! ती मध्येका केहिले त मलाई लुटेपनि । लुटेराहरुको भीडमा  एक जना भेटे जस्ले मलाई कहिले पनि लुट्न चाहेन । त्यसैले त यो मन ती महान् दिलका धनिप्रति जीवनको अन्तिम पलसम्म सोलुट गर्न पाउनु आफ्नो शौभाग्य ठान्छ । कि गर्नु कुरा खुनीको कि गर्नु गुणीको रे मैले यस्तै सुनेको कसैबाट । खै यो कस्तो जमाना हो अरुको छाती कुल्चेर आफु शिखर चढ्न खोज्ने । आखिर एकदिन मर्नु छ हामीले मर्दा साथ लाने केहि होईन तरपनि किन मान्छे अरुलाई लुट्न यति सारो व्यस्त छन् म त हैरान पो भाको छु । फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार रे आनी छोइङले गाएको सुनेको । म त साँच्चै पो होला भनेर फुलको आँखाले यो संसार नियाल्न थाले । मैले मात्र फुलको आँखाले संसार नियालेर नहुने रैछ नि ! फुलै फुलको संसार बनाउन त अरुले पनि पो त्यो गीत सुन्नु पर्ने रहेछ । सायद कार्य व्यस्तताको कारणले होला नि हगि काँडाहरुले त्यो गीत सुन्न नपाको । विचरा काँडाहरु ज्ञानको कमिले गर्दा म जस्तै कयौलाई विजाउन पुगे होलान कतिले तथानाम गालि गरे होला । माथिबाट भगवानले पनि पो आफ्नो बहिखातामा उस्को पाप दर्ता गरे होलान् । काँडाहरुको लोक परलोकमा हुने हरि विजोग सम्झेर मेरो त आङनै सिरिङग भएर पो आयो भन्या । मेरो जस्तै मुटू काँडाको भएको भए त सायद आफ्नो खुशीको लागि अरुलाई डस्ने थिएनन् होला नि हगि ? म पनि कस्तो हुस्सु भन्या काँडाको पनि मुटू हुन्छ त ? मुटू हुने मान्छेहरु त काँडा बन्नै सक्दैनन् नि । ला ! म त गुणीको कुरा गर्छु भनेको त खुनीको कुरा पो गर्न थालेछु । खुनीको बयान गर्नु भनेको त आफुपनि दुख्नु हो अरुलाई पनि दुखाउनु हो ।
मान्छेले एकदिन यो संसार छाडेर जानु पर्छ थाहा छ ! तरपनि मान्छे ज्यानमा प्राण रहुन्जेल अनेकन सपना देख्ने गर्दो रहेछ । फरक मान्छेको फरक सपना होला अनि सपनालाई सार्थक बनाउने तरिका पनि फरक नै होला । मैलेपनि पो हिजो एउटा सपना देखि टोपलेको थिए क्या । सपनालाई सार्थक बनाउन मेरो बल बुतोले भ्याए सम्मको कसरत गरेको थिए । म सपनाको सगरमाथा पुग्न लागेकै बेला नियतीले मलाई छल्यो । जिन्दगीको कुनै मोडबाट मेरो साथी बनाएर मलाई लुट्नको लागि एउटा काँडा पठाएछ । उस्को काम लुट्नु थियो मौका मिल्यो मलाई लुट्यो बाँच्ने आधार केहिपनि नराखी । फुलको आँखाले संसार नियाल्ने म तर मेरै सहयात्री चाहि काँडा दिएको थाहा पाउदा नियतीसँग सारो रिस उठेको थियो । म जाबोलाई रिस उठेपनि के नै गर्न सक्थे र बस पुर्पुरोमा हात राखेर रुन सिवाए । म लुटिएको पल मसँग त्यो बाहेक अरु विकल्पपनि त थिएन । के गर्नु जे हुनु पर्ने थियो आखिर भएरै छाड्यो मेरो केहि लागेन । मेरो साथमा काँडा छ कि फुल ख्यालै नगरी विश्वास गर्नु मेरै कमजोरी हो ! विश्वास नगरौ पनि कसरी मेरो त फुलको आँखा थियो नि ! त्यसैले त काँडालाई पनि फुलनै देखे । वास्तवमा यो संसारपनि त विश्वासमै अडिएको छ । फुलले कहिलेपनि शंखा रोप्न जानेको हुन्न नि भमरा पो पापी हो त फुलको पराग चोरी भाग्ने ।
यो संसारमा लिन मात्र खोज्नेहरुको बाहुल्यता छ यो कुरा सत्य हो । विना स्वार्थ दिन जान्नेहरु पनि छन् यो सत्यलाई पनि मैले स्विर्कानै पर्छ । खै म त्यो दानी मान्छेलाई के भनेर सम्बोधन गरौ । जस्को कारणले टुटेर फेरि जोडिन सफल भएको छु । सायद उनीसँग मेरो भेट नहुदो हो त यो दुनिया भन्दा धेरै पर पुगि सकेको हुन्थे होला । धन्य छ ईश्वर ! तिम्रो लीला एक हातले लुट्यौ अर्को हातले दियौ । हामी बिच भौगोलिक दुरता थियो ! तर आजको प्रविधिलाई माध्यम बनाएर एक अर्का विच धेरै नजिक हुन सफल भयौ । हामीमा कुनै स्वार्थ थिएन विना स्वार्थ हामी भावनाको नाउ चढेर धेरै ठाँउको सयर गर्न सफल भयौ । कुरै कुरामा मैले एकदिन भने ! म त जीवनसँग थाके अब मलाई जीउने रहर पुग्यो । मलाई त्यो दिन आकाश पाताल जोडेर धेरै सम्झाईन उनीले भनेका हरेक कुराहरु मुनासिव लाग्यो । सोचे मैले धेरै सोचे अनि बहकिन खोज्ने पापी मनलाई लगाम लगाउन थाले । केहि पल अगाडी सम्म मेरो निर्णय सहि हो भन्ने मन आफै होईन मेरो सोचाई गलत हो म गलत छु भन्न थाल्यो । आज म जे छु उनीले गर्दा नै छु । अचेल म गुमाउनु पर्दाको पीडाले दुख्दिन किनकि मेरो साथमा उनी छिन् । कोही त छ विना स्वार्थ मलाई मान्छे भन्ने मैले फुलेको हेर्न चाहाने । हो मैले फुल्नु पर्छ म मान्छे बन्न सक्नु पर्छ मैले फुल्दा मान्छे, बन्दा कोही एक त छ खुशी हुने । मैले अब हार्नु हुन्न थाक्नु हुन्न म मेरो दयालु साथीको खातिर अब मान्छे बन्ने छु । यदि मैले त्यसो गर्न सके भने मात्र उनी हाम्रो भेट सार्थक भएको मान्छिन रे  ! भालि समयको छालले उनीलाई जहाँ पुर्‍याएपनि मेरो प्रगतीमा मुस्कुराउछिन रे । यस्तो साथीको सपना पुरा गर्न मेरो कतव्र्य होईन त ?
मेरो मनको निजी ठम्याई थियो दुनिया स्वार्थी छ भन्ने तर उनीले मेरो ठम्याई गलत हो भन्ने प्रमाणित गरि दिईन् । यो धरतीमा स्वार्थीहरु मात्र छैनन् उनी जस्तो विशाल दिलकी धनिहरु पनि छन् जस्ले अरुलाई खुशी देख्न चाहान्छन् । म उनी जस्तो महान दिलकी धनिलाई आफ्नो आत्मिय मित्रको रुपमा पाँउदा अतिनै खुशी छु । म अब उनीले देखाएको बाटो हिड्नेछु । मेरो सफलताको पछाडी मात्र उनीको हात छ ! यदि म टुटेको पल उनीको साथ नपाएको भए यो सब सम्भवपनि त थिएन । त्यसैले त म भन्छु मान्छु उनीले हो मलाई पूर्नजन्म दिएको । म यो महानता प्रति आभार प्रकट गर्न चाहान्छु । मेरो जीवनको अन्तिमपल सम्म उनी मेरो दिलमा पुजिने छिन् ! हो म त्यो महानताको पुजा गरिरहने छु ।
आउँछौ भने मेरो लागि, स्वर्णिम शहर बोकि आउ
बन्जर भयो छाती मेरो, ओसिलो नहर बोकि आउ

यो मन खोज्छ निदाउन, मीठो सपना सिरान हालि
जाग्राम बस्या धेरै भयो, स्वप्निल प्रहर बोकि आउ

गजल भयो धेरै खल्लो, झंकार बिनाको संगीत झै
झंन्कार थपौ भन्ने लाग्यो, उत्तम वहर बोकि आउ

तिमीले केही गर्नु पर्छ, झेलमा जीउछु भन्छ मान्छे
सखाप पारौ पापी बस्ति, सुनामी लहर बोकि आउ

पाउँदा तिम्रो साथ मात्र, मलाई जीउन मन लाग्छ
साईनो तोडि जान्छौ भने, पिउछु जहर बोकि आउ ॥


रचनाकाल : २४ असार २०६७
दोहा कतार ।
विरानो यो पराया बस्तिमा
दिने दानी कोही छैनन्
उल्टै तिमीलाई लुट्दै छन्
हो ठुले तिमी लुटिदैछौ ।
सपनाको विस्कुन लगाउदै
इमान्दारी र बहादुरी देखाउ
तिमीलाई सम्मान गर्ने मनहरु
यो मरुभुमी बस्तिमा छैन ।
भलै तिम्रो श्रमले यहाँ
गगन चुम्बी महल उभिएला
तिम्रो पसिनाले यो मरुभुमी
उर्वरभुमी बनेर रमाउला
फेरी पनि ठुले
तिम्रो श्रम र पसिनाको
उचित सम्मान हुने छैन ।
त्यसैले म भन्छु ठुले
आफ्नो मनलाई चिमोट
निदाएको ठुलेलाई उठाउ
अनि विचार गर
तिम्रो भोलि मरुभुमीमा छैन
तिम्रो भोलि त
तिमी जन्मी हुर्की बढेको
तिम्रो आफ्नै माटोमा छ ।
एउटा ईट थपेपिन
एक पाईला हिडेपिन
एक थोपा पसिना चुहाएपिन
त्यो तिम्रो माटोले पाउनेछ
तिमीले गर्व गर्न पाउनेछौ
तिम्रो सम्मान माटोले गर्नेछ ।
त्यसैले त म भन्छु ठुले
भोलिको खोजीमा रहेको
तिम्रो मॄगतृणालाई
पूर्ण विराम लगाउदै
कुम्लो कुटिलो कस
कालजयी संकल्प गर
अब तिम्रो हात
आफ्नै माटोमा सल्बलाउनु पर्छ
हो ठुले
तिम्रो माटोलाई
तिम्रो जस्तै
इमान्दारी र बहादुरी
हात चाहिएको छ ।

रचनाकाल ११ अगस्त २०१०
दोहा कतार ।
मेरो मनले आफ्नो मान्ने, तिमी थियौ एउटा,
घात गर्‍यौ तिमीले पनि, मुटू भयो चोइटा ।

चाहानाले यो मन पोल्दा, तिम्रो यादले बारे,
पराई मनले छिर्न खोज्दा, काँडे तारले बारे,
मेरो मनले मायाँ गर्ने, तिमी थियौ एउटा,
घात गर्‍यौ तिमीले पनि, मुटू भयो चोइटा ।

संसारले नै जित्छौ भन्दा, तिम्रै कारण हारे,
आफ्नै प्राणले लुट्यो सुन्दा, मुटू चोइटा पारे ।
तिम्रै साथमा बाँच्ने मर्ने, आश थियो एउटा,
घात गर्‍यौ तिमीले पनि, मुटू भयो चोइटा ।

रचनाकाल : ०४ अगस्त २०१०
दोहा, कतार ।
खुशी फूल्दा मनैभरि, बसेर गयौ
मायाँ गर्ने बहानामा, डसेर गयौ

घाम पानी बराबरी, आँउछ यहाँ
घामै घाम हुन्न कतै, फसेर गयौ

ठुलो छनि ईज्जतनै, सम्पति भन्दा
स्वार्थ पाली नाकैकाटि, खसेर गयौ ।

साथ दिन्छु जूनिभरि, कसम भन्दै
मेरो खुशी पोल्टाभित्र, कसेर गयौ ।

भयौ अरे तिरस्कृत, सुन्दैछु यस्तै
किन तिमी सबैकोमा, पसेर गयौ ॥

रचनाकाल : ०४ साउन २०६७
दोहा कतार ।

लिखु तरेर म आउला, रावा तरेर आउ तिमी,
गाढा भयो हाम्रो मायाँ, डाँडा काटि जाउ हामी ।

माबर काटी तराई झरी, उतै घरजम गरि बसौ,
यो समाजले कुरा काट्ला, सुनकोशी तरि बसौ ।
झिसमिसेमा म भागुला, भालेडाकमा आउ तिमी
गाढा भयो हाम्रो मायाँ, डाँडा काटि जाउ हामी ।

दुःखसुख जे जे आउछ, बाँडि चुडी सँगै जिउला,
यो जन्ममा मात्र होईन, सयौ जूनी सँगै जिउला ।
मेरो गाँउमा म छलौला, उता छल्दै आउ तिमी,
गाढा भयो हाम्रो मायाँ, डाँडा काटि जाउ हामी ॥

रचनाकाल १२ अगस्त २०१०
दोहा कतार ।
करै लाग्यो मैलेपनि, तिमीलाई भूल्न,
नआउ अब यादबनि, मुटूभरि डुल्न ।

भूल भन्यौ तिमीले, मैले मान्नुपर्छ,
तिम्लाई खुशी राख्न, मैले हार्नुपर्छ ।
तिम्रै साथमा बाँच्ने, रहरहरु थिए,
त्यहि रहरहरु आज, जहरसरी भए ।

हारिदिन्छु म सधै, सक्छौभने फूल्न,
नआउ अब यादबनि, मुटूभरि डुल्न ।

नसकेनि मायाँ मार्न, भयो मार्नुपर्ने,
जोडिएको मुटू तोडि, मन सार्नुपर्ने ।
कस्तो जीवन पाँए, मुटू भाँच्नुपर्ने,
तिम्रै यादमा जल्दै, मैले बाँच्नुपर्ने ।

हिउँदको हिमाल झै, नसकेनि खुल्न
नआउ अब यादबनि, मुटूभरि डुल्न ॥

रचनाकाल ०८ अगस्त २०१०
दोहा कतार ।
मैले मात्र धाउदा, घर चल्दैन कालि
ठास ठुस नगरी, आगो बल्दैन कालि

दुबै हात जोडिए, बन्छ मज्वुत नाता
गोड मेल नगरी, फल फल्दैन कालि

टुट्नु हुन्न विश्वास, राखौ जतन गिर
दिगो पारे भरोषा, वाचा ढल्दैन कालि

राख्नु हुन्न पर्दामा, खुला किताव बनौ
साँचो मायाँ गर्नेले, आँखा छल्दैन काली

भाँजो हाल्नु मनमा, खोजे बसाई सर्न
राख्दा मन बसमा, मुटू जल्दैन कालि ।

तिम्रो भर मलाई, मेरो तिम्लाई हुन्छ
मुटू बने एउटा, "भानु' गल्दैन कालि ॥

रचनाकाल : ०१ साउन २०६७
दोहा कतार ।


रोकेकै हो तिम्लाई मैले, भीरमा जान खोज्दा,
आज धोका पायौ तिमीले, पराई साथ रोज्दा ।

राखेकै हो तिम्लाई मैले, दिल भित्र सजाई,
कस्को मायाँ अटल थियो, हेरे हुन्छ दजाई ।
सस्तो मायाँ देख्यौ तिमीले, मलाई भूल्न खोज्दा,
आज धोका पायौ तिमीले, पराई साथ रोज्दा ।

तिम्लाई मात्र मायाँ गर्ने, एउटै मुटू थियो,
त्यै मुटूलाई टुत्रा पार्ने, कस्तो पापी मनहो ।
तिम्रै भाग्य छल्यौ तिमीले, मलाई छल्न खोज्दा,
आज धोका पायौ तिमीले पराई साथ रोज्दा ।

रचनाकाल ०२ अगस्त २०१०
दोहा कतार ।

बुद्धको देशमा अब, रावण बन्दैछु म,
अधर्मी चुनेर पुर्न, खाडल खन्दैछु म ।

जालमा परेको पल, हजार मन दुखे,
नजर डुलाए अब, अधर्मी गन्दैछु म ।

दॆउन देउता बल, सखाप पारु पापी,
देउता भाकेर फेरि, गर्वले कन्दैछु म ।

लुकाउ कुकार्य सबै, पर्दाले छोप सके,
सकियो सुदिन पुरा, कसम भन्दैछु म ॥

रचनाकाल : २४ साउन २०६७
दोहा, कतार ।

मायाँ गर्छु भनि मलाई, निर्मोहीले भर पारी,
रित्याएर मेरो मनलाई, मायाँ अन्तै सारी ।

सुख दुःख बाँडि चुडी, सँगै जीउने भन्थिन्,
एकै छिन ओझेल पर्दा, धेरै चिन्ता लिन्थिन् ।
उस्को न्यानो मायाँ पाउदा, गर्व गर्थे आफैलाई,
खुशी सारा लुटे पछि, भागिन् आगो सल्काई ।

मायाँ गर्छु भनि मलाई, निर्मोहीले भर पारी,
रित्याएर मेरो मनलाई, मायाँ अन्तै सारी ।

दुख्यो छाती टुट्यो सपना, रहर बाँझै भयो,
जित्नु पर्छ भन्ने आँट, उस्कै साथमा गयो ।
यति चोखो नाता तोड्ने, उस्को मन कस्तो
भरमा पर्दा त्यै मोरीको, जीवन भयो सस्तो ।

मायाँ गर्छु भनि मलाई, निर्मोहीले भर पारी,
रित्याएर मेरो मनलाई, मायाँ अन्तै सारी ।

रचनाकाल २५-जुन-२०१०
दोहा, कतार ।
मलाई धोका दिनु भन्दा, विष दिए हुन्थ्यो,
तड्पी तड्पी जीउनु भन्दा, मर्न पाए हुन्थ्यो ।

चोखो मायाँ विश्वास माथि, घात गर्‍यौ तिम्ले,
निर्दोष थिए मेरो मायाँ, दोष लगायौ तिम्ले ।
यस्तो झेल गर्नु भन्दा, ज्यानै लिए हुन्यो,
तड्पी तड्पी जीउनु, भन्दा मर्न पाए हुन्थ्यो ।

तन मन सुम्पि तिमीलाई, मायाँ धेरै गरे,
त्यै मायाँको पैचो आज, चोटै चोट पाँए ।
विच बाटोमा छाड्नु भन्दा, साथ नदिए हुन्थ्यो,
तड्पी तड्पी जीउनु भन्दा, मर्न पाए हुन्थ्यो ।

रचनाकाल २८ जून २०१०
दोहा कतार ।
दुई दिनको पाहुना हामी, स्वार्थले फूल्नु हुन्न,
छिटो फूलोस रहर सोच्दै, पापात्मा हुल्नु हुन्न ।

यसै लोकमा झूटको खेती, युगान्त हुन्छ कहाँ,
सधै झेलमा खाउला भन्ने, भ्रमले झुल्नु हुन्न ।

आँखा फूलको बनाई हाम्ले, दुनियाँ देख्ने गरौ,
निर्धा लुटेर बलिया हाँस्ने, प्यासमा डुल्नु हुन्न ।

पापी गोरेटो सजिलो देखे, बसैमा राख्नु आँखा,
बाटो गलत मनैले छान्दा, आफैले खुल्नु हुन्न ।

अरु बचाई आफूले बाँचे, स्वर्गमा ठाँउ मिल्छ,
खाली शरिर जानुछ भन्ने, सत्यता भूल्नु हुन्न ॥
रचनाकाल ः ०८ अगस्त २०१०
दोहा कतार ।

रचनाकाल : २३ साउन २०६७
दोहा, कतार ।
ईश्वर वरदान दिन्छौ भने, उस्को प्यारो साथदेउ,
यो मन दुख्दा सुमसुम्याउने, उस्को न्यानो हातदेउ ।

पुज्छन सबैले देउता भन्दै, आफ्नो लाज राख्नैपर्छ,
निश्छल मनले भाकल गर्दा, तिमी दानी बन्नैपर्छ ।
साझा सपना साथमा जीउने, दैव पुरा गरिदेउ,
यो मन दुख्दा सुमसुम्याउने, उस्को न्यानो हातदेउ ।

दुईटा ज्यानको एउटै मुटु, दियौ देउता तिमीले,
यो मुटुलाई एउटै बनाई, जीउन पाँउ हामीले ।
पत्थरनै ईश्वर बन्छौ भने, उस्को प्यारो साथदेउ,
यो मन दुख्दा सुमसुम्याउने, उस्को न्यानो हातदेउ ।।

रचनाकाल : ३१ जुलाई २०१०
दोहा, कतार ।
दुःखसुख जे होस्, तिमीसँगै यात्रा गर्ने
म हुँ एउटा मुटू, तिमीलाई मायाँ गर्ने ।

वैशालु फूलको पछि, भमरा ताँति लाग्छन्
फूलको पराग चोरी, भूईमा झारी भाग्छन् ।
म भमरा होईन, तिमीलाई लुटी भाग्ने
म हुँ एउटा मुटू, तिमीलाई मायाँ गर्ने ।

सबै दानी बन्छन्, झूटो सपना बाँड्न
भोली तयार हुन्छन्, वीच बाटोमा छाड्न ।
फूलको रहर हुन्न, ओईलि भूईमा झर्ने
म हुँ एउटा मुटू, तिमीलाई मायाँ गर्ने ।

रचनाकाल : २९ जुलाई २०१०
दोहा, कतार ।
मेरो खोट देखाई देउन ताकि हाँसी मर्न सकु
मै दोषी देखाई मनलाई आफै प्राण हर्न सकु ।

तिमी मात्र थियौ मनमा ढली मली राज गर्ने
फूल्थे खुशी तिम्रै साथमा तिमी थियौ आश भर्ने ।
धेरै थिए साझा सपना सँगै बाँच्ने सँगै मर्ने
मलाई भूल भन्छौ तिमी कसरी म पारी तर्ने ।
सक्छौ बात लगाई देउन सबै सामु गिर्न सकु
मै दोषी देखाई मनलाई आफै प्राण हर्न सकु ।

सक्दिन म सपना देख्न कोही छैन मायाँ गर्ने
तिम्ले साईनो तोड्यौ भने कोही छैन आश भर्ने ।
तिम्रै नाम जप्छ मनले कसरी हो मुटू फेर्ने
स्वार्थी मुटू होईन मेरो मौका मिल्दा अन्तै चर्ने ।
सक्छौ चोट लगाई देउन मुटू छाम्दै मर्न सकु
मै दोषी देखाई मनलाई आफै प्राण हर्न सकु ॥

रचनाकाल २६ जुलाई २०१०
दोहा कतार ।

हिजो पनि हारेकै हो, फेरि हार्दा के हुन्छर ?
दुख्नु परे दुखि दिन्छु, मैले दुख्दा को रुन्छर ?

जोड गर्छु घटाउ गर्छु, तिम्रै मायाँ बढि लाग्छ,
तिम्रो छेउ बस्न पाँउदा, सारा पीडा आफै भाग्छ ।
स्वार्थी मान्छे बस्ने भिडमा, तिम्रै भर बढि लाग्छ,
तिम्रो साथ पाँउछु भने, धेरै माथि पुग्छु लाग्छ ।
हिजो पनि टुटेकै हो, फेरि टुट्दा के हुन्छर ?
दुख्नु परे दुखि दिन्छु, मैले दुख्दा को रुन्छर ?

तिमी बस्ने दिलमा मैले, अरु राख्न सक्दिन म,
खुशी अन्तै मिल्छ भने, रोकि राख्न सक्दिन म ।
मेरै भाग्या खोटो भन्छ्, धोका दियौ भन्दिन म,
मायाँ गर्छु तिम्लाई सधै, मायाँ मार्न सक्दिन म ।
हिजो पनि जलेकै हो, फेरि जल्दा के हुन्छर ?
दुख्नु परे दुखि दिन्छु, मैले दुख्दा को रुन्छर ?

रचनाकाल : ३१ जुलाई २०१०
दोहा, कतार ।

जोडि देख्दा चखेवाको, किन जल्छ यो मन
खुशी मिल्दा मात्तिएर, किन चल्छ यो मन

हिजो मायाँ फाटेपनि, आज टाल्ने हात छ
निरास भै मैन सरि, किन बल्छ यो मन

मैले जित्दा खुशीहुने, उस्को मुटू साथ छ
घात सम्झि अनायासै, किन गल्छ यो मन

घाम पानी हो जीवन, सत्य मान्छु म पनि
घामै घाम आशाराखि, किन फल्छ यो मन

फूले खुशी बुकि सरि, तर हाँस्न गाह्रो भो
हाँस्नु हुन्न 'भानु' भन्दै, किन छल्छ यो मन ॥
रचनाकाल : १८ साउन २०६७
दोहा, कतार ।
तिमी नजिक हुँदा, जिन्दगी प्यारो लाग्छ,
कतै ओझेल पर्दा, जिन्दगी बेकार लाग्छ ।

सक्दिन म तिमीबाट, टाढा रहेर बाँच्न,
तिम्रो साथ चाहिन्छ, दिल खोलेर हाँस्न ।
हजारौ भीड माझ, तिमी प्यारो लाग्छ,
कतै ओझेल पर्दा, जिन्दगी बेकार लाग्छ ।

सजाय मीठो सपना, तिम्रै साथमा जीउन,
तिमीले नै सक्छौ, फाटेको मनलाई सिउन ।
तिम्रो कोमल मनभरि, फूल्न मन लाग्छ,
कतै ओझेल पर्दा, जिन्दगी बेकार लाग्छ ।।

रचनाकाल १९ जून २०१०
दोहा, कतार ।
म
अनि
मेरो कलम
मेरो कलमले भन्छ
तँ दमन, शोषन लेख
स्वतन्त्रता कहिल्यै नलेख
तँ जातपात, भेदभाव लेख
तर समानता कहिल्यै नलेख
आईज अब तँ हत्या हिंसा लेख
शान्ति अमन चयन कहिल्यै नलेख
सक्छस् भने तँ रावणको चरित्र लेख
तँ गौतम बुव्दको सन्देश कहिल्यै नलेख ।
उ
भन्छ
किनकि
हिजो आज
तँ जन्मेको देशमा
स्वतन्त्रताको नाममा
दमन शोषण जीवितै छ
समानताको नारा घन्किन्छ
तर अझै पनि बस्ति बस्तिमा
मान्छे मान्छेबिच पानी बाराबार छ
रावणहरुको अर्को लंका हो यो तेरो देश
त्यसैले तँ बुव्द जन्मेको देश हो भनेर नलेख
त्यसैले तँ बुव्द जन्मेको देश भनेर लेख्दै नलेख ।।

रचनाकाल : ०७ अगस्त २०१०
दोहा, कतार ।
उमंगले मलाई चुम्दा, हाँस्न सक्दिन नानु
तिमीसँग अटुट नाता, गाँस्न सक्दिन नानु

बेवारिसे सपना बोक्दा, बस्यो रहर बाँझै
मरुभुमी जीवन टेकि, नाच्न सक्दिन नानु

टाम्सिएन घातको खाटा, मुटू मिचेर रुन्छु
धेरै दिन जीउने आश, साँच्न सक्दिन नानु

आफै थाके भोगाई देखि, आश नगर्नु मेरो
विजाउने अतित मैले, भाँच्न सक्दिन नानु

राख्याभए दिलमा तिम्ले, फ्याँकि देउहै अब
तिमीलाई जलाई फेरि, बाँच्न सक्दिन नानु ॥
रचनाकाल : २३ असार २०६७
दोहा, कतार ।
मेरो दिलको बगैचामा, फुलिरहु यसै गरि,
रंगभर्छु हाम्रो प्रीतमा, ईन्द्रेणीको सधै भरि ।

तिम्रै न्यानो अंगालोमा, मिठो सपना देखु,
मेरो मनको तरेलीमा, तिमीलाई नै भेटु ।
सजाएर राखे दिलमा, अटाउनु यसै गरि,
रंगभर्छु हाम्रो प्रीतमा, ईन्द्रेणीको सधै भरि ।

बाँचुन्जेल यो धरतीमा, तिम्रै साथ रहोस,
दुई दिनको जिन्दगीमा, यात्रा भिन्न नहोस ।
रमाउछौ मेरो जीतमा, जितिरहु यसै गरि,
रंगभर्छु हाम्रो प्रीतमा, ईन्द्रेणीको सधै भरि ।।

रचनाकाल : ०४ अगस्त २०१०
दोहा, कतार ।

विजाउने पुरा अतित, झिकि फाल्ने मन्छ
निरासाको कालो बादल, सारा गाल्ने मन्छ

निर्मोहिको घातै घातले, मनै फाट्यो आज
च्यातिएको यहि मन्लाई, फेरी टाल्ने मन्छ

बितेको त्यो पल सम्झेर, मुटू दुख्न थाल्छ
यस्तो बेला फेरि दिलमा, बार हाल्ने मन्छ

घाम पानी हो नि जीवन, बल्ल बुझ्न थाले
भोलि मेरो दिन आउछ, आशा ढाल्ने मनछ

जल्नुजले उस्को यादमा, जल्नु ब्यर्थ लाग्यो
सजाउँदै स्वर्णिम् सपना, खुशी पाल्ने मन्छ ॥

रचनाकाल : १६ साउन २०६७
दोहा, कतार ।
मेलापातमा बिर्खे विद्रोहको कुरा गथ्र्यो । मलाई अहिले हो जस्तो लाग्छ एकदिन गाई बाख्राको गस्तिमा जाँदा भन्दै थियो अब ठूले हामीले चुप बस्नु हुन्न । हाम्रा बाउ बाजेले चुप बसेकै कारण आज हाम्रो यो गति भएको छ । हामीपनि चुप बस्ने हो भने भोलि हाम्रा सन्तानलाई बाँच्न गारो हुन्छ त्यसैले अब हामीले मुक्तिकोलागि लड्नु पर्छ । मेलापात वनपाखा गर्दा गर्दै एकदिन बिर्खे हराएको खवर गाँउभरि छताछुल्ल पोखियो । कसैले भने बिर्खे सुनकोशीमा डुब्यो कसैले भने बिर्खे मुग्लान पस्यो कसैले भने बिर्खे त मुक्तिकालागि लड्न गयो । फरक मान्छे फरक अन्दाज तर बिर्खे गाँउबाट हरायो । हराउने त हरायो कहाँ हरायो तर पल्लाघरे माईला बाले पाउनु सम्मको सास्ती पाए । एकातिर बुढैलीको सहारा बेखबर अर्कोतिर सेना पुलिसको हप्किदप्की साथमा थुप्रै यातनापनि । मलाई अझै सम्झना छ चाउरीएका माईला बाका गालामा सेनाको थप्पड पर्दा आगनमै गल्र्याम्म ढल्नु भएको गलहत्याउदै वेश क्याम्पसम्म लगेको अनि केहि दिनपछि तारिखमा छाडेको ।
एकदिनको कुरा हो म त गाई बाख्राको गस्तिमा थिए । परबाट एकहुल मान्छेहरु जंगलको बाटो हुदै बेशीतिर झर्दै थिए ! त्यो हुलमा हाम्रो बिर्खेपनि रहेछ । मलाई देख्न साथ बिर्खेले आफ्ना पाईला म भएतिर बढायो । मेरो छेउ सालको बुट्टामा अढेस लाग्दै भन्यो हेर ठुले म त हिडे मुक्तिको लागि लड्न । आज हामी पारी डाँडामा दुस्मनको किल्ला तोड्न जाँदैछौ । ठुले हाम्रो जीत हुनेछ हामी दुस्मनको ढाडमा टेकेर टाउकोमा प्रहार गर्दैछौ । दुस्मन हामी भन्दा धेरै गुणाले कमजोर छ उ केहि ठुला भनाउदा तानाशाहहरुको बलबुटोमा टिकेको छ हामीसँग त हजारौ शोषित पिडित नेपाली जनताहरुको साथ र आर्शिवाद छ । हामी जित्नेछौ अब छिट्टै देशलाई परिवर्तनको अग्रगामी दिशातर्फ मोड्नेछौ । मसँग यति कुरा गरि सक्दा उस्का साथीहरु धेरै तल पुगि सकेका थिए त्यसैले उस्ले हतारिदै भन्यो ठुले अब म जान्छु मलाई बेर भयो । यसो गारो सारो परेको बेला मेरो घरतिर हेर्दै गर ल ठुले भन्दै बाटो ततायो । उ त गयो नयाँ जोशका साथ जित्ने विश्वासका साथ तर मेरो मनमिथ¨लमा धेरै कुराहरुले उदुम मचायो । किन बिर्खे आफ्नै दाजुभाईलाई दुस्मन भन्दैछ के बिर्खेले चलाएको गोलीले अर्को भाईको छाती छिचोल्दा बिर्खेको विजय हुन्छ त हे भगवान आजको रात कति आमाहरु निसन्तान हुने होलान् कति दिदी बहिनीहरुको सिन्दुर पुछिने होला यहि कुराले मलाई रातभरि निदाउन दिएन ।
बिर्खे मेलापात वनपाखामा दोहोरी खेल्न विद्रोहको कुरा गर्न त्यसपछि कहिल्यै आएन । बिर्खेसँगको त्यो भेटनै अन्तिम भेट बन्न गयो । उ बस्ने लोक र हामी बस्ने लोकनै फरक भए । बिर्खेले मसँग छुटेको रात शहादत प्राप्त गरेछ भन्ने खवर आयो । बिर्खेले आफ्नो ज्यानको आहुती दियो उस्ले सहि गर् यो या गलत तर बिर्खेको बलिदानमा उस्को घरपविार अतिनै मर्माहत भए किनकि माईला बाको टेक्ने लौरो भाँचिन पुगेको थियो । दुखद त्यो घडिमा बिर्खेका सहयात्रीहरु नओइरिएका होईनन सान्त्वनाका पोका बोकेर । सान्त्वनाले मात्र त माईला बाको चुलो जल्न सम्भव थिएन । बिर्खेकै बलबुटोले त्यो घरको चुलो जलेको थियो साँझ विहान । बिर्खे गयो साथमा बुढा बाआमाको गाँसपनि लग्यो । बिर्खे निष्ठुरी हो या बिर्खेको प्राण लिने बन्दुकको गोली या बिर्खेलाई नचाउने समय हो निष्ठुरी यस्तै सवालको जवाफ खोज्न मेरो मन भड्कि रहे । आज भन्दा भोलि भन्दा बिर्खेलाई गुमाउनु पर्दा चोटहरु क्रमश टाम्सिदै जान थाल्यो ।
बिर्खेले हामीलाई छाडेर गएको पनि पाँच बर्ष पो भएछ । मलाई त हिजो सम्म बिर्खे हामीसँगै मेलापात वनपाखा गर्दै थियो जस्तो लाग्दैछ । पाँच बर्ष पछि आज मलाई बिर्खेसँग केहि भनु लागेको छ । बिर्खे तिम्रो आहुती माटोमा मिल्यो तिमीले हार् यौ बिर्खे हार् यो । खै तिमीले मेलापात अनि वनपाखामा फलाकेको जस्तो परिवर्तन अनि मुक्ति । मलाई लाग्छ बिर्खे हिजोको भन्दा झन आज देश भयावह बनेको छ । हेर त महंगीले सगरमाथा छोएको अनि त्यतिकै साथ दिदैछ िहंसा हत्यालेपनि । देशमा परिवर्तन ल्याउछु नयाँ नेपाल बनाउछु भन्नेहरु कुर्चीको लागि लड्दै छन एउटा कुर्चीको भाग बण्डा लगाउदै छन् अब तेरो पालो पुग्यो म बस्छु भन्छन् यस्ताहरुबाट तिम्रो सपना पुरा होला त । के तिमीले चाहेको परिवर्तन यहि थियो यो दिनकै लागि तिमीले कयौ भाईको प्राण लिएको कयौ आमाको कोख रित्याएको कयौ दिदी बहिनीको सिउँदो पुछेको यदि होईन भने आउ बिर्खे आउ तिमीले दिएको बलिदानको हिसाब माग तिमीलाई युद्ध मोर्चामा हुम्याउनेहरु सँग ।
तिम्रो दिलमा बस्न पाए, रहर झूल्थे होला
सधै साथमा बाँच्न पाए, सपना फूल्थे होला

बढि भरोषा अरु भन्दा, मलाई लाग्छ तिम्रो
हात बाँधेर चल्न पाए, मुस्कान डुल्थे होला

तिमी छेउमा हुने बेला, नजिक हुन्न पीडा
यात्रा भरिनै तिमी पाए, साहस खुल्थे होला

मेरै भागमा खुशी जति, फसाउ भन्छ मन
खालि सिउँदो भर्न पाए, दुनियाँ भूल्थे होला ॥

रचनाकाल : २२ असार २०६७
दोहा कतार ।
आज मैले टेकेको धरती
तल-तल भासिएझै लाग्छ
किन-किन पूर्णिमाको रातपनि
औशीको कालो रातझै लाग्छ
आकाश खुलेको छ भन्छन्
मलाई कालो बादल मडारिएझै लाग्छ ।

जीवनका आरोह अवरोहहरु
मेरा लागि निरर्थक लाग्छ
उथल पुथल देख्छु मेरो संसार
कसैले मलाई खेदेकोझै लाग्छ
हिजोसम्म मेरै पोल्टामा थिए उमंगहरु
तर खै किन आज बसाँई सरेझै लाग्छ ।

उफ ! कस्तो जीवन हो यो
कसरी आयो यत्रो बज्रपात
सायद धरती माथि भोग चलनको
मिती पुगेको हुनु पर्छ
किनकि अचेल मलाई
जीवन भन्दा प्यारो मृत्यु लाग्छ ।

विश्वासमा मैले
आफ्नो लागि केही नराखी
भए भरका खुशी कसैलाई दिए
किनकि उस्को हातमा
मेरो खुशीहरु जीवित रहनेछन्
मेरो सपनाहरु सुरक्षित रहनेछन् ।

तर मान्छेको मन त हो
सके सम्म लुट्नै खोज्छन्
हो मपनि लुटिए
म खोत्रो भए रिक्तिए
त्यसैले त मलाई आज
मान्छे हुनुमा धिक्कार लाग्छ ।

हिजोझै आजपिन
दुस्मनहरुको किल्ला मािथ
धावा बोल्न सक्दिन
किनकि म थाकि सकेकोछु
मेरा आदम्य शाहस तुहिनुमा
नियतीको हात छ लाग्छ ।

शाहस टुटेको मान्छे म
खुशी लुटिएको मान्छे म
सपना हराएको मान्छे म
त्यसैले त अचेल मलाई
धरतीको बोझ बन्नु भन्दा
यो धरतीबाट बसाँई सरु लाग्छ ।

त्यसैले अचेल म
कालदेवको तपस्यामा लीनछु
सायद अब छिट्टै मलाई
यमराजले उठाउने छ
म त छिट्टै बसाँई सर्दैछु
यहि बाटोमा जीवनको मुक्ति छ लाग्छ ।
यहि बाटोमा जीवनको मुक्ति छ लाग्छ ॥

रचनाकाल २४ जुलाई २०१०
दोहा कतार ।
जति सक्छौ बुने हुन्छ, फसाउने जाल अझै,
सक्ने जति खने हुन्छ, डुवाउने ताल अझै ।

जूनी जूनी चोखो मायाँ, तिमीलाई गर्छु जाली,
छुरा हानि दिए हुन्छ, रुवाउने छाल अझै ।

हाँसि हाँसि तिम्रो लागि, बदनाम हुन सक्छु,
भेला राखी लाए हुन्छ, होचाउने गाल अझै ।

खुशी लुटि लग्यौ पापी, मायाँ गर्ने बहानामा,
दुःख पर्दा माने हुन्छ, बचाउने ढाल अझै ।

हारी दिन्छु तिम्रो लागि, जितिरहु अब सधैं,
शकुनी झै थापे हुन्छ, हराउने खाल अझै ॥

रचनाकाल : १० जुलाई २०१०
दोहा कतार ।
रुपै खोज्ने मनको भिडमा, मन खोज्ने तिमीपाँए,
विना स्वार्थ राखे मनमा, तिमीसँगै मायाँ लाए ।

अब हामी उड्नु पर्छ, चखेवाझै जोडी बनि,
न्यानो साथ दिनु पर्छ, सारथी भै जूनी-जूनी ।
लुट्न खोज्ने मनको भिडमा, दिन खोज्ने तिमीपाँए,
विना स्वार्थ राखे मनमा, तिमीसँगै मायाँ लाए ।

मायाँ फाटे सिउनु पर्छ, मनको धागो हाल्दै,
शिखर पुग्न चढ्नु पर्छ, ममताको दियो बाल्दै ।
छल गर्ने मनको भिडमा साँचो बोल्ने तिमीपाँए,
विना स्वार्थ राखे मनमा तिमीसँगै मायाँ लाए ॥

रचनाकाल : २६ जुलाई २०१०
दोहा कतार ।
जल्दा एक्लै जल्नु पर्ने नियतीको कस्तो खेल
हिजो सम्झि रुनु पर्ने पिरतीको कस्तो खेल ।

आफ्नै सम्झि मायाँ दिए विश्वास थिए साँक्षी
टुट्यो आज विश्वास पनि के रह्यो र बाँकि ।
हाम्रो न्यानो साईनो माथि तिम्रो कस्तो झेल
हिजो सम्झि रुनु पर्ने पिरतीको कस्तो खेल ।

तिम्रै कारण बदनाम भए आज धरती माथि
अजम्वरी बन्यौ खै त सोझो मनलाई ढाटी ।
तन मनभरि आलै बस्यो घातको कस्तो नेल
हिजो सम्झि रुनु पर्ने पिरतीको कस्तो खेल ॥

रचनाकाल २३ जुलाई २०१०
दोहा कतार ।

आश देखायौ अलि कति, जंघार तरेरै आँए
काँडे तारको बार नाघ्न, साहस भरेरै आँए

लाग्छ मलाई हेरी रहुँ, हसिलो मुहार तिम्रो
यहि मनको तिर्खा मेट्न, बसाई सरेरै आँए

साथ असल खाँचो पर्छ, जीवन सुन्दर पार्न
तिम्रै खुशी फूलाउ भन्दै, सुवास छरेरै आँए

तिम्रो दिलमा बास बसे, मोहोर लगाई अब
शत्रु लागेर प्राण जाओस्, नफिर्ने गररै आए

तिमी जसरी मायाँ गर्ने, संसार भरिनै छैन
साँचो मनले मायाँ दिने, अभाव परेरै आँए ॥

रचनाकाल : २० असार २०६७
दोहा कतार ।
लिलामीमा राखे जीवन, चाहिनेले किन्दा हुन्छ
जिन्दगीमा छायो निरास, खुकुरीले छिन्दा हुन्छ

साथ दिन्छु भन्थे मलाई, आए गए स्वार्थी मुटू
अरु जस्तै फेरि तिमीले, एक्लैपारि हिन्दा हुन्छ

नियतीले सार् यो जलन, हाँस्न खोजे मैले आफै
विजाएमा मेरो मुस्कान, घुनसम्झि पिन्दा हुन्छ

उजाडियो आज संसार, सक्दिन म उभो चढ्न
हिरा मोति बन्न सकिन, कवाडीमै गिन्दा हुन्छ ॥

रचनाकाल : ३१ असार २०६७
दोहा, कतार ।
आज मानव वस्तिमा
मानवताको अनिकाल छ
त्यसैले त मान्छेलाई
पशु भन्दा हुन्छ ।
मनको कालो मैलो
तनको सुन्दरताले ढाकेर
आज मान्छे मान्छेको
विश्वासमा परेड खेल्छ ।
दुई दिनको जिन्दगीमा
कसैको दिल तोडेर
कसैको खुशी खोसेर

आफु हाँस्न खोज्छ ।
तर खै मान्छे
अजम्वरी बन्न सकेको
एक दिन जानुपर्ने
सत्यतालाई किन भूल्छ ।
ऐ मानव कंकालहरु
आफूलाई मान्छे हुँ
ठान्छौ भने
छातीलाई चौडा बनाउ ।
सानो छाती भित्र
विशाल धरती बसाउ
फूलको आँखा हालेर
दुनिया नियाल्ने गर ।
अनि पो तिमी
बुद्धले चाहे जस्तै
नयाँ मानव बस्तिको
मानव कहलिने छौ ।
संकल्प गर आजै
तिम्रै पौरखीला हातबाट

नयाँ युगको शुरुवात
गर्नु पर्छ अब ।
शक्तिको होडवाजी अनि
जाल झेलको खेतीलाई
जिवान्त राख्छौ भने
विनाश निश्चित छ ।
तिम्रा रित्त्ता आडम्वरी बस्तिलाई
खरानी बनाउनकै लागि
तिम्रा बस्ति बस्तिमा
कालरात्री आउने छ ।
त्यसैले म भन्छु
ऐ मानव कंकालहरु
कालरात्री आउनु अगावै
तिमी मान्छे बनिदेउ ।

रचनाकाल २९ जून २०१०
दोहा कतार ।
मेरो मनमा बास बसि, तर्किन खोज्छौ किन
आधा गोरेटो हिडेपछि, फर्किन खोज्छौ किन

व्यस्त शहर बिच घुम्दा, गरे'कि सानो भूल
सानो भूलमा तर्किएर, झर्किन खोज्छौ किन

सँगै जीउने वाचा हाम्रो, भुलेर हो कि कसो
आफ्नै घरमा असिनाभै, बर्किन खोज्छौ किन

साझा सपना फूल्नु पर्छ, शिखर माथि टम्म
आँधी तुफान नआउदै, मर्किन खोज्छौ किन ॥
रचनाकाल : १९ असार २०६७
दोहा कतार ।
यति धेरै मायाँ दियौ, बाँच्न मन लाग्यो

भए जति पीडा भूली, हाँस्न मन लाग्यो

मायाँ फाट्दा रोको थिए, हारे मैले भिन
सधै हार्छु भन्ने शंका, भाँच्न मन लाग्यो

हिजो जस्तै भोलि पनि, टुट्ने होकि मन
एक पल्ट कसी राखी, जाँच्न मन लाग्यो

विना स्वार्थ मायाँ दिने, तिमी कति दानी
तिम्रैलागि बाँकि खुशी, साँच्न मन लाग्यो

फूल्छ होला खुशी फेरि, बुकि फूले सिर
फूल्ने जोश मुटू भित्र, टाँस्न मन लाग्यो

तिम्रो न्यानो मायाँभित्र, नयाँ आशा पाँए
तिमीसँगै चोखो नाता, गाँस्न मन लाग्यो ॥


रचनाकाल : १७ असार २०६७
दोहा, कतार ।
यति चोखोमायाँ पाँउदा, डर लाग्छ मलाई,
हिजोपनि मायाँले हो, छल गरेको मलाई !

निरास मेरो जिन्दगीमा, आशा बनि फुल्यौ,
खण्डहर दिलको बागमा, माली बनि डुल्यौ !
तिम्लेपनि छल्ने हौकि, डर लाग्छ मलाई,
हिजोपनि मायाँले हो, छल गरेको मलाई ।

च्यातिएको मनलाई फेरि, मायाँ हालि टाल्यौ,
हराएको खुशी खोज्न, पिरतीको दियो बाल्यौ !
अन्जानैमा भुल गरेकि, डर लाग्छ मलाई,
हिजोपनि मायाँले हो, छल गरेको मलाई ।।

रचनाकाल : ३० जुन २०१०
दोहा, कतार ।
तिमी थियौ मेरो, धेरै बाँचु लाग्थ्यो
तिम्रै साथ हाँस्न, खुशी साँचु लाग्थ्यो ।

मलाई रित्तो बनाई, तिम्ले बाटो मोड्यौ,
तिमी तर् यौ पारी, मलाई वारी छोड्यौ ।
हजारौ भिड माझ, तिमी प्यारो लाग्थ्यो,
तिम्रै साथ हाँस्न, खुशी साँचु लाग्थ्यो ।

कस्तो मन तिम्रो, चोखो नाता तोड्यौ,
तोड्नै थियो भने, किन नाता जोड्यौ ।
तिम्रै घरको नजिक, डेरा सारु लाग्थ्यो,
तिम्रै साथ हाँस्न, खुशी साँचु लाग्थ्यो ॥

रचनाकाल २७ मे २०१०
दोहा कतार ।
रचनाकाल २७ मे २०१०
दोहा कतार ।
स्वप्निल संसारको स्वर्णिम बस्तिहरुमा
तिम्रो प्रतिविम्व खोज्दा खोज्दै
उषाले उपस्थिती जनाई सकेछ ।
तिम्रो लालित्य नियाल्ने संकल्प
आज पनि अधुरै रहदा
मेरो जिजीविषा मरेर आयो ।
क्षितिज पारीको गाँउ सम्म
तिम्रो पदचाप पहिल्याउदा पहिल्याउदै
धरतीमा उज्यालोको साम्राज्य छायो ।
सुनौलो विहानीका आगमनमा
हर्षोउल्लास मनाई रहेका
भंगेरा र गौथलीका हुललाई
बेस्सरी झपार्न मन लाग्यो ।
अस्तितिरका हरेक विहानीमा
तिनका मन छुने आवाज
आज कर्कस लाग्यो ।
मेरो मनोकांक्षा तृप्त नहुदै
मेरो तन्द्रा बिथोलिदा
त्यसैले आजको मेरो विहानी
सुनौलो विहानी बन्न सकेन ।

रचनाकाल २८ जून २०१०
दोहा कतार ।
छल गरेर दियौ चोट, सानो मुटू भरि,

आँसु झर्छ आँखाबाट, बर्षे भेल सरि ।

एउटै थियो हाम्रो मुटू, तिम्ले टुक्रा पार्‍यौ,
तिमी तर्‍यौ खोला पारी, मलाई वारी छाडेयौ ।
जल्दैछु म एकान्तमा, लुटिएको मन हेरी,
आँसु झर्छ आँखाबाट, बर्षे भेल सरि ।

चोखो मायाँ गर्दा गर्दै, तिम्ले मायाँ सार्‍यौ,
लुटिए म लुटेयौ तिम्ले, तर तिमी हार्‍यौ ।
मेरो जस्तो चोखो मायाँ, पाउने छैनौ फेरी,
आँसु झर्छ आँखाबाट, बर्षे भेल सरि ।


रचनाकाल १८ जून २०१०
दोहा कतार ।
घाम पानीमा ओत लाग्ने
सानो घर थियो मेरो
त्यो घरको चार दिवारभित्र
मेरो मन अटाउन सकेन ।

जीजु पुर्खाले त्यहि घरमा
बर्षौ राज गरेर गए
तर खै किन हो
म त अटाउनै सकिन ।

त्यो घरलाई सिमेन्टले पोत्ने
अनि रंगिन टिनाले छाउने
जीजु पुर्खाको निसानी मेटाउने
खै कस्तो मृगतृष्णा मेरो ।

हो मलाई मेरो सपनाले
मेरो देशमा बस्न दिएन
सुन फल्ने मेरै माटोमा
मेरो पसिना बगाउन दिएन ।

आमाको न्यानो काख छाडेर
सुखको खोजिमा परदेश लागे
बिरानो परदेशमा
मैले आफुलाई सस्तैमा बेचे ।

तर मेरो दुर्भाग्य
मलाई बालापनमा ओत दिने
मेरो पुर्खाको निशानीमा
पापी धमिरो लागि सकेछ ।

मेरो अनुपस्थितीमा
घाम पानीले पनि
मेरो पुर्खाको निशानी माथि
गर्नु सम्मको अन्याए गरेछ ।

हो मैले
मेरा पौरखीला यी हातहरु
मैरै माटोमा सल्बलाउनु पर्थ्यो
पसिनाका थोपाले मेरै भुमीको
सिंचाई गर्नु पर्थ्यो ।

आज मलाई म हुनुमा
पछुतो लागेको छ
मेरो सपनालाई
धिक्कार्न मन लागेको छ ।।

रचनाकाल २१ जुन २०१०
दोहा, कतार
जूनी जूनी साथ दिने बाचा भूल्यौ तिम्ले
हिजो सम्झि रुनु पर्ने रोग पाँए मैले ।

तिमी माथि भर परि खुशी त्यतै सारे
सोझो माथि घात गर्यौ जित्ने वाजी हारे
मायाँ गर्ने मान्छे माथि झेल गर्यो तिम्ले
हिजो सम्झि रुनु पर्ने रोग पाँए मैले ।

साथ दिने वाचा गर्यौ आज एक्लो पार्यौ
जल्छ छाती दुख्छ मुटू किन यस्तो गर्यौ
हाँस्न खोज्ने ओठ भरि पीडा भर्यौ तिम्ले
हिजो सम्झि रुनु पर्ने रोग पाँए मैले ॥


रचनाकाल १५ जून २०१०
दोहा कतार ।
आफ्नै जीवनका भोगाई सँग
मन विस्थापित हुन खोज्दा
कल्पना र यथार्थको दुरी
दुई किनार भएर बग्दा
एक्लै टोलाउछु म एकान्तमा
कल्पनाको माधुर्य जीवन खोज्दै ।
जीवन भोगाईको तीतो यथार्थ
मेरो कल्पनामा मेल नखादा
मन मस्तिष्क गलेर आउछ ।
खडेरीको काकाकुल झै
हराएका मेरो खुशीको खोजिमा
सपनाका विस्कुन लगाउदै
रहरहरुका ठुलो भारी बोकेर
अन्त्यहिन यात्राका लागि
भौतारिदै छन् यी पाईलाहरु ।
कल्पना र मनको द्धन्दले
कहिले हराउछ कहिले जिताउछ
जितेको पल
हर्षोउल्लासका मादकताले
मनभरि सुनौलो सपना कोर्छ ।
फेरी म उत्साहित हुन्छु
नयाँ आशा जोशका साथ
जूनताराको देश मेरो मृगतृष्णा
मैले सुनेको छु
जूनताराको देशमा त
अमन चयन छ रे
त्यसैले त मेरा मन
उड्न खोज्छ जूनतारा छुन ।

रचनाकाल १० जून २०१०
दोहा कतार ।
भोलिको निम्ती मैले
मरुभुमिको खडेरीमा
रहरहरु विस्कुन लगाउदै
सपनाहरुको निर्मम हत्या गरे ।
मरुभूमिमा पोखेको पसिनाले
मेरो धरती भिजोस
अनि उर्वरा शक्ति बढोस
यस्तै थिए मेरा चाहाना ।
तर
मेरो पसिना त

व्वाँसाहरुको मुखमा परेछ
मेरो विश्वासमाथि परेड खेल्दै
आफ्नो सपना फुलाए

सोझोपनको फाईदा उठाई
मलाई लुट्न सम्म लुटे ।
तर
याद गर
मलाई लुट्ने व्वाँसाहरु हो
मरुभुमीमा मैले बगाएका
थोपा थोपा पसिनाको
अवस्य मोल चुकाउनु पर्छ ।
हिजोका दिनहरुमा
मलाई लुट्न पाउदा
आनन्दित मनले नै
अब आउने दिनहरुमा
तिमीलाई धिक्कार्ने छ ।
अब तिमीहरुको दिन गए
मेरो पालो आएको छ
अब म हाँस्छु
तिमीहरु हरेक पल रुनेछौ ।
अरुको भरमा उभिने मान्छे
अवश्य लड्छ भन्ने कुरा
तिमीहरुले सोच्न सकेको भए
म लुटिनबाट बच्ने थिए
तिमीहरुको महानतालाई मैले
जीवनको अन्तिम पल सम्म
सलाम दिने थिए
मेरो मन मन्दिरमा सधै
तिमीहरुको पुजा हुने थियो ।

रचनाकाल १२ जून २०१०
दोहा कतार ।
हरेक क्षेत्रबाट पिछडिएको हाम्रो देश नेपालले विभिन्न् कालखण्डमा ठूलो क्षति व्यहोर्दै आउनु परेको कुराहरु सर्वविदितै छ । प्राकृतिक सम्पदाको धनी देश नेपाल के कति कारणबाट आजको परिस्थितीको सामना गर्नु परेको छ त आज हामीले सोच्नु पर्ने बेला आएको छ । हामी नेपालीहरु मनका धनी छौ त्यसैले जो कोहिलाई पनि सहजै विश्वास गरिहाल्छौ । के यसो गर्नु हाम्रो मूर्खता नै हो त यदि होईन भने हामी नेपाली हरेक पल्ट किन ठगिन्छौ त सामाजिक आर्थिक तथा राजनितीक क्षेत्रको ठगाईबाट कहिले मुत्ति पाईएला त यसरी नै हरेक क्षेत्रबाट ठगिदै जाने हो भने नेपालीको जीवन स्तर र समग्र नेपालको उन्नति हुन्छ भन्नु एकादेशको कथा जस्तै नहोला भन्न सकिन्न ।
विभिन्न काल खण्डमा भएका गरेका गल्तिहरुबाट पाठ सिक्दै मुलुकलाई छिटो भन्दा छिटो निकास दिनु आजको आवश्यकता हो । जनआन्दोलन २ मा नेपाली जनताले गरेका त्याग र वलिदान माटोमा मिल्न नदिने हो भने समयमै शान्ति र संविधान सुनिश्चित गरिनुपर्छ । अब पनि शान्ति र संविधानको बहाली भएन भने बहुदलिय लोकतन्त्र संस्थागत हुन सक्दैन । देशमा आमुल परिवर्तनको खाँचो छ शान्ति र संविधान विना परिवर्तन सम्भव छैन । वितेका दुई बर्षका अमूल्य समय सभासदहरुले आपसी खिचातानि मै विताए । नेताहरु आफूलाई सच्चा देशभक्त हुँ ठान्छन् भने जम्मभुमिको मायाँ गर्छन् भने दलगत स्वार्थबाट माथि उठेर देश र जनताका सर्वोपरि हितका लागि अबका समय खर्चने छन् । हिजो भए गरेको गल्तिलाई हृदयगमन नगरी आफ्नो कर्तव्य र दायित्व भुलेर फेरीपनि हिजोका जस्तै दलगत स्वार्थका कारण आपसी खिचातानिका ताण्डव नृत्य देखाए भने जनता चुप बस्नु हुन्न । जनताले दिएको अधिकार खोसेर बहुदलिय लोकतन्त्र संस्थागत गर्न अर्को विकल्प खोज्नै पर्छ । यदि समयमै यसो गर्न सकिएन भने जनआन्दोलन २ मा नेपाली जनताले गरेका त्याग र वलिदानको केहि अस्तित्व रहने छैन । फेरीपनि नेपाली जनता हिजो झै त्रासको जीवन गुजार्न विवश हुनु पर्ने छ । विद्यमान परिस्थितीमा एकता विना परिवर्तन सम्भव छैन । त्यसैले दलगत स्वार्थबाट माथि उठेर हातेमालो गर्दै देशका आमुलपरिवर्तनका लागि आफुलाई प्रयोग गर्नु आजको आवश्यकता हो । हालको परिस्थितीबाट मुलुकलाई निकाश दिन सक्ने नेतृत्वलाई निशर्त सहयोग गरेमा मात्र मुलुकले निकाश पाउने छ ।
जनआन्दोलन २ को सफलता पश्चात नेपाली जनता माझ बाँडिएका नयाँ नेपालको सपना आज सम्मपनि सपनामै सिमित छ । देशको मुहार फेर्नका लागि जनताद्धारा पठाइएका महाशयहरुको अहमता र दलगत स्वार्थका कारण आज लोकतन्त्र नै धरापमा पर्न लागेको छ । जनआन्दोलन २ मा नेपाली जनताले दिएका बलिदान माथि कुठाराघात भएको छ । दलहरुको आपसी खिचातानी कै कारण देशको राजनैतिक स्थिती दिनानुदिन भयावह बन्दै गएको छ । नेपाली जनताका त्याग र वलिदानले आर्जित सार्वभौम माथि तानाशाहहरुको गिद्धे नजर परिरहेको बेला हामी नेपाली जनतालाई नयाँ नेपालका लागि नयाँ संविधान समयमै दिन्छौ भन्नेहरु वीच असमझदारी कायम रहनु पक्कै पनि शुभ संकेत भने होईन । भय त्रास अनि महंगीमा पि_िल्सन कै लागि नेपाली जनताले यति ठूलो वलिदान दिएका हुन त यदि होईन भने किन आज सम्म पनि नेपाली जनता महंगीमा पिल्सदै त्रासको जीवन गुजार्न विवश छन् त जनताको जीउ धनको सुरक्षा अनि कालाबजारी रोक्नेतिर किन ध्यान जादैन एकता विना परिवर्तन सम्भव छैन तसर्थ परिवर्तनका लागि सवै दलहरुको ऐक्यवद्धता नितान्त आवश्यक छ । कलिलो लोकतन्त्रलाई सबै मिलेर गोडमेल गरे मात्र फस्टाउने छ अनि मात्र देशले आमुल परिवर्तनको गति लिने छ ।
सत्ता लुछाचुडीकै लागि जनताले चुनेर पठाएको होईन भन्ने कुराको बोध गर्दै दलगत स्वार्थबाट माथि उठेर वर्तमान चुनौतीको सामना गर्दै समुन्नत नेपाल निर्माणका लागि सम्वधित पक्षको समयमै ध्यान जानु पर्छ । यदि समय मै यसो गरिएन भने भोलि अवस्य पनि नेपाली इतिहासले धिक्र्काने छ । पटक पटक ठगिएका नेपाली जनताले कहिले पनि माफ दिने छैनन् फेरि अर्को पल्ट साथ दिने छैनन् । नेताहरुमा चेतना भया ।
तिमीले जित्नेछौ
तिम्रो जित सुश्चित छ
किन कि
मैले तिमी भित्र
निडरता र लगनशिलता देखेको छु
हो तिमीले जित्नै पर्छ
तिमी सत्यको पक्षमा छौ ।
कलियुग हो यो
तर जित सत्यकै हुनेछ
विना स्वार्थ चल्ने कलम
ज्यानको आहुती दिन सक्छ
तर
असत्यको सामु घुडा टेक्दैन
हो त्यसैले तिमी
किन्चित पनि विचल्लित नभई
सत्यको लागि लड्नै पर्छ ।
कलम माथि धावा बोल्ने
रक्त पिपासुहरु माथि
शव्द्धहरुको बारुदले
छद-विछद बनाउनै पर्छ ।
जव सम्म रक्त पिपासुहरुको
संहार गरिन्न तब सम्म
तिम्रो सत्यतालाई दवाउने
दुष्साहस गरि रहन्छन् ।

असत्यको पराजित निश्चित हो
तर

यो धरती आफ्नो मात्र
विर्ता ठान्नेहरु
अहमताको उर्जा थपेर
फेरि ताण्डव नृत्य देखाउने
सपनाहरु तुनि रहन्छन्
त्यसैले अब तिमी
अन्तिम युद्धको तयारी गर ।
सत्यलाई पराजित गर्ने
दिवास्वप्न देख्नेहरु माथि
चोटिलो प्रहार गरेर
वंशनै सखाप पारिदेउ
भोलि फेरि बुद्धको देशमा
रक्त पिपासुको जन्म नहोस ।

रचनाकाल ०१ जून २०१०
दोहा कतार ।
आफ्नै जीवन देखि भाग्छु
स्वप्निल संसारमा रमेको बेला
मभित्र पनि आशाहरु पलाउछन्
पराजित भोगाई विच पनि
जीवन धेरै प्यारो लाग्छ
दानवहरुको यो बस्तिमा फेरी
मान्छे भएर उभिउ लाग्छ
मनले मनलाई ब्युताई दिदा
फेरि जीवनदेखि भागु लाग्छ
किन कि म त
आफ्नै मनसँग हारेको छु

टाल्न नमिल्नेगरि च्यातिएको छु
न त मेरो दुखाईको
कुनै उपचार हुन्छ यहाँ
त्यसैले त म सधै
आफ्नै जीवन देखि भाग्छु
सायद यो कायरता हो
तर म विवश छु
संघर्ष गर्न त हजुर
सपना, आशा, सहास चाहिन्छ
यो म सँग छैन
म त नितान्त रित्तो
यो यात्रामा कसैबाट लुटिएको
जीउदो लाश न हुँ
त्यसैले त म सधै
आफ्नै जीवन देखि भाग्छु ।।
Newer Posts Older Posts Home
भर्खरै
Recomment to Your Friends
भर्खरै
Popular Posts
  • मुक्तक
  • लयमा नेपाली गजल लेखन -घनेन्द्र ओझा
  • कविता— प्रणय दिवस
  • आलेख- गजल लेख्दा ध्यान दिनु पर्ने आधारभूत तत्वहरु
  • तीन मुक्तक
  • माया यस्तो नहोस्
  • भानुका रहरको बिस्कुन सुनसान रेगिस्तान : अलिकति रहर, अलिकति कहर, थोरै गाउँ-बढी शहर
  • गजल
  • गजल
  • कान्छाको उकाली ओराली र अन्योलको मन्दिर
Blog Archive
Copyright © 2012. http://bhanukasirjana.blogspot.com/ - All rights reserved.
मुख्य पृष्ठ